प्रदेश कमिटीमा दार्चुलाका दर्जन नेता

2883

दार्चुला, भदौ ३ गते ।
नेकपाको प्रदेश कमिटीका लागि जिल्लाबाट नामावली माग गरिएको छ । एमाले र माओवादी दुबैबाट गरी दार्चुलाका १३ जनाले प्रदेश कमिटीमा प्रवेश पाउनेछन् । स्रोतका अनुसार माओवादीबाट ७ जनाको नामावली प्रदेशका लागि पठाइदैछ ।
मानवहादुर धामी सन्तोष, कृष्णसिह धामी हिमाल, जमनसिह धामी दिव्य, प्रेमराज पन्त, रामदत्त जोशी आरडी, लालवहादुर विश्वकर्मा अभिशेक, करनसिह कार्कीको नाम प्रदेश कमिटीको चर्चामा छ । यसैगरी, मञ्जु बम, पानसिह धामी समीरको पनि प्रदेश कमिटीमा सदस्य हुने चर्चा छ ।
राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यमा एमाले र माओवादी दुबैबाट ३÷३ जनाको नाम मागिएको छ । माओवादीबाट उदयसिह महर, लीला कुवर र लक्ष्मी विकको नाम प्रस्तावित गरिएको स्रोतले बतायो ।
एमालेले प्रदेश कमिटीमा रामदत्त जोशी, दुर्गा धामी, हरदेव जोशी, गगनसिह धामी, चरनसिह बुढाथोकी र काशीराम ओडको नाम सिफारिस हुन लागेको स्रोतको दावी छ ।
राष्ट्रिय प्रतिनिधि परिषद्का लागि एमालेबाट गगनसिह धामी, सागर अवस्थी, विजयसिह धामी र पोखरसिह रोकायाको नाम चर्चामा छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !