प्रदेशमन्त्रीदेखि प्रतिनिधिसभा सदस्यसम्म प्रदेश कमिटीमा

2321

दार्चुला, मंसिर १८ गते ।
नेपाल कम्युनिष्ट पार्टीले सोमबार प्रदेश कमिटीको नामावली औपचारिक रुपमा सार्वजनिक गरेको छ । मंसिर १२ गतेको सचिवालय बैठकले टुंग्याएको नामावली ५ दिनपछि सार्वजनिक गरिएको हो ।
सुदूरपश्चिम प्रदेश कमिटीमा प्रदेशमन्त्रीदेखि प्रतिनिधिसभा सदस्यसम्मको नामावली रहेको छ । प्रदेश कमिटीमा एमालेबाट एक सय र माओवादी केन्द्रबाट ८३ जना सदस्य रहेका छन् । एमालेबाट छनोट गरिएका एक सयजनाको सूचीमा प्रदेश उद्योग मन्त्री माया भट्टको नाम १६औं नम्बरमा छ । प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री पठानसिह बोहराको नाम ३९औं नम्बरमा छ ।
बैतडीबाट प्रतिनिधिसभामा निर्वाचित सांसद दामोदर भण्डारीको नाम १७औं नम्बरमा छ भने कञ्चनपुर क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नरवहादुर धामीको नाम प्रदेश कमिटीको ५३औं नम्बरमा छ । प्रदेश राज्यमन्त्री प्रकाश रावल ८०औं नम्बरमा एमालेबाट प्रदेश कमिटी सदस्य बनेका छन् ।
सुदूरपश्चिम प्रदेशसभामा नेकपाका प्रमुख सचेतक तारालामा तामाङ तेस्रो नम्बरमा, अछामका पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी ५०औं नम्बरमा र डडेल्धुराका पूर्व जिविस सभापति गजेन्द्र शाहीको नाम ५२औं नम्बरमा रहेको छ ।
भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्ट ६७औं नम्बरमा र स्वर्गिय नेता प्रेमसिह धामीका धर्मपत्नी नन्दादेवी धामीको नाम प्रदेश कमिटीको ४९औं नम्बरमा छ । माओवादी केन्द्रबाट प्रदेश कमिटी सदस्य बनेकाहरुमध्ये प्रदेशसभा सदस्य मानवहादुर धामीको नाम पाँचौ नम्बर छ । माओवादीको ८३ जनाको सूचीमध्ये प्रदेशसभा सदस्य धामीको नाम पाचौं स्थानमा रहेको हो ।
दार्चुला घरभई कैलालीको राजनीतिमा सक्रिय माओवादी नेता रमेशसिह धामी डायमण्डको नाम ४३औं नम्बरमा छ । दार्चुलाबाट प्रदेश कमिटिमा छनोट भएकाहरुमध्ये लालीराम विक अभिशेक २७औं नम्बरमा, जमनसिह धामी ३८औं नम्बरमा र रामदत्त जोशी आरडीको नाम ४५औं स्थानमा छ । दीपक जोशी ५९औं नम्बरमा, भगत ठेकरे ६५आंै नम्बरमा र करन कार्कीको नाम ७८औं नम्बरमा रहेको छ । माओवादीको ८३ जनाको सूचीमा दार्चुलाका लक्ष्मी विकको नाम अन्तिममा रहेको छ ।
एमालेको एकसय जनाको सूचीमध्ये तत्कालिन एमाले जिल्ला अध्यक्ष रामदत्त जोशीको नाम नवौं नम्बरमा छ । महिला नेतृ दुर्गादेवी धाी ४३औं नम्बरमा, हरदेव जोशी ९०औं नम्बर र काशीराम ओडको नाम ९१औं नम्बरमा रहेको छ । दुबै पार्टीका पूर्व सांसद र जनप्रतिनिधिहरु प्रदेश कमिटीमा छनोट भएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !