प्रचण्ड नचुकून् !

0
530

सम्पादकीय ।
प्रधानमन्त्रीले दाउरा सुरुवालमा सपथ लिएर सामान्तवादी कित्तामा आफू उभिएका हुन् कि आफैले निर्माण गरेको भाष्यलाई परिवर्तन गर्न खोजेका हुन् रु उनको नतृत्वको सरकारले सम्पादन गर्ने कामहरुको लेखाजोखा पछि जवाफ मात्रै आउने छैन सत्ता र शक्तिका लागि माओवादीमा निरन्तर बढ्दै गईरहेको वैचारिक स्खलन रोकिन्छ कि रोकिदैन भन्ने पनि देखिने छ । आफूलाई ‘बधाई दिनका लागि समय नमाग्न’ भन्ने उर्दीले उनी अब रोकिन चाहान्छन् र नयाँ सुरुवात गर्न चाहान्छन् भन्ने देखिन्छ भने हतारो गरेर ‘विदेश भ्रमण भारतबाटै हुन्छ’ भन्दै भारतीय सञ्चार माध्यमलाई दिइएको अन्तर्वार्ताले उनको भक्तिगानलाई पनि सँगै उजागर गरेको छ । आफूलाई क्रान्तिकारी भन्न रुचाउने प्रचण्डले क्रान्तिकारीभन्दा चलयमान नेताका रुपमा स्थापित भएका छन् । यो चलयमानता जनजीवीकाको पक्षमा भन्दा पनि सत्ता र शक्तिका लागि बढी देखिएकाले उनले अब आफू सत्ता र शक्तिका लागि होइन भन्ने प्रमाणित गर्नु पर्ने यो अन्तिम बेला हुनसक्छ । माओवादी सम्मिलित पहिलो आमनिर्वाचनदेखि हालसम्मको प्राप्त मतपरिणामको लेखाजोखा गर्दा उनले राजनीतिक शक्ति क्षय गर्दै गएको प्रष्ट देखिन्छ । प्रचण्डका प्रति अथाह स्नेह, समर्पण र आस्था बोक्ने माओवादी कार्यकर्ताहरु अझै प्रचण्डले चमत्कार गर्ने प्रतिक्षामा छन् । प्रचण्डको चमत्कार र उनीका कार्यकर्ताको प्रतिक्षाका बीचमा नैका अन्धभक्तहररुको बलियो पर्खाल छ । देउवालाई उनको ‘किचन क्याबिनेट’ले डुबाए जस्तै अन्धभक्तहरुले प्रचण्डलाई बिस्तारै भड्खालोमा हाल्दैछन् । जसबाट परिवर्तनकामी माओवादीहरु द्रविभुत भएका छन् ।
यद्यपि दुई पटक प्रधानमन्त्री हुँदा र उनको सहयोगमा अरुले सरकार चलाउँदा अपेक्षाकृत काम हुन सकेका छैनन् तथापि माओवादी कार्यकर्ता मात्रै नभएर आम नेपालीले पनि तुलनात्मक रुपमा प्रचण्डले परिर्तन गर्न सक्छन् भन्ने अपेक्षा राखेका छन् । अपेक्षालाई पूरा गर्ने यो अन्तिम अवसर हुन सक्छ तसर्थ प्रचण्ड सत्ताभोगिभन्दा पनि उत्ताउपयोगि हुन आवश्यक छ । परिवर्तन कै लागि नयाँ शक्तिका रुपमा अगाडि आएका जनमत, स्वतन्त्र र पुनर्जिवित राप्रपाका साथमा मौजुदा पार्टीहरुमध्ये तुलनात्मक रुपमा बढी जनपक्षीय देखिएको एमालेको साथका कारण प्रचण्डलाई भ्रष्टाचारविरोधी, सुशासन र जनउत्तरदायित्वको पक्षमा काम गर्न सजिलो हुनेछ । आम उपभोक्ताहरुले सहजै सरकारी सेवासुविधा प्राप्त गर्ने, देशभित्र लगानिको वातावरण सिर्जना गर्ने, आमनागरिकका लागि सुलभ स्वास्थ्य, शिक्षा, यातायातको सुनिश्चितता मात्रै गर्ने हो पनि प्रचण्ड सरकार ऐतिहासिक बन्न सक्छ र ह्रास हुँदै गएको साख जोगाउने महत्वपूर्ण अवसर हुनसक्छ । संविधान जारी गर्दाको बखतमा नेताहरुले देखाएको सार्वभौमता र भारतीय नाकाबन्दीका बेला देखिएको स्वाधीनतालाई प्रचण्डले अबलम्बन गर्नै पर्छ । अवसरहरु पटक पटक आउँदैनन्, प्राप्त अवसरलाई जनताको पक्षमा प्रयोग गर्ने काममा यो पटक प्रचण्ड चुक्नु हुँदैन ।