पेन्सनरहरुका लागि जोलजिवि र लालीको नेपाल भारत जोड्ने पुल खुल्ने

0
937

दार्चुला, मंसिर १० गते ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाको अनुरोधमा लाली र जोलजिविको झोलुङ्गे पुल पेन्सनरहरुका लागि खोलीने भएको छ । नेपालमा रहेका पेन्सनरहरुले लामो समय देखि कोरोना प्रभावका कारण सीमानाका बन्द हुदाँ भारतबाट पेन्सन लिन सकिरहेका थिएनन् ।  पेन्सन बुझ्न नसक्दा घरखर्च चलाउन समेत सकस भएको थियो । पेन्सनरहरुका लागि पेन्सन लिने सहजीकरणका लागि सीमापुलहरु खोल्ने विषयमा सहजीकरण गर्न लेकम गाउँपालिकाको वडा नं ३ कार्यालयले गत तीन गते तथा मालिकार्जुन गाउँपालिकाले ९ गते जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको थियो ।
सोहि अनुरोधका आधारमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय पक्षलाई लेकम गाउँपालिका तीन लाली स्थित सीमा पुल र जोलजिवि सीमा पुल खोल्ने विषयमा मंगलबार पत्राचार गरेको थियो । जिल्ला प्रशासन कार्यालय दार्चुलाले गरेको अनुरोधमा भारतीय पक्षले सहमति जनाएको छ । दुबै देशका स्थानिय प्रशासनको सहमतिमा लाली र जोलजिविका सीमापुलहरु मंसिर ११ गते देखि १४ गते सम्म खोलिने भएका छन् । डिडिहाटका उप जिल्ला अधिकारीले मंसिर ११ गते अर्थात भोली देखि १४ गते सम्म विहान १० बजे देखि ११ बजे सम्म र अपराहन्न ४ बजे देखि ५ बजे सम्म पुल खोल्न सहमति ब्यक्त गरेका छन् । भुतपुर्व भारतीय सैनिकहरुका लागि पेन्सन बुझ्न तथा बैकं खाता नविकरण गर्न भोली देखि तीन दिन सम्म सीमानाका खोल्ने विषयमा सहमति भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले जानकारी दिनुभयो ।