पुल नखुलेपछि महाकाली नदीमा पौडीदै आएका ३ जना प्रहरी नियन्त्रणमा

0
1772

विरा दत्त भट्ट, दार्चुला

नेपाल र भारत दुबै देशमा लकडाउन गरिएपछि सिमा नाका बन्द भएकाले ५ सय भन्दा बढि नेपालीहरु धारचुलामा अलपत्र परेका छन् ।
विगत ३ दिन देखी धारचुलाको महाकाली नदि किनारमा बास भएपछि भारतको विभिन्न क्षेत्रमा रोजगारी गर्दै आइरहेका नेपालीहरुले आइतबार नाराबाजी समेत गरेका थिए ।
सोमबार ३ जना नेपालीहरु चिसो सिमा नदी महाकालीमा पौडीदै दार्चुला आइपुगेका हुन् ।
बैतडीको डिलाशैनी गाउँपालिका वडा नं १ का इन्द्र सिह खत्री र धनबहादुर धामी तथा दार्चुलाको मार्मा गाउँपालिका वडा नं ३ का रमेश विष्ट महाकाली नदीमा पौडीएर दार्चुला आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।
पौडीएर दार्चुला आएका ३ जनालाई नै जिल्ला प्रहरी कार्यालय दार्चुलाले नियन्त्रमा लिएको प्रहरी निरीक्षक जोशीले जानकारी दिएका छन् ।