पुल खुल्ने पर्खाइमा नेपालीहरु (फोटो फिचर)

872

विरा दत्त भट्ट, दार्चुला ।

कोरोनाको प्रभावले नेपाल भारत सिमा नाका बन्द भएपछि ठुलो संख्यामा नेपालीहरु भित्रिने क्रम जारी छ । आइतबार सम्म ३ सय भन्दा बढिको संख्यामा नेपालीहरु भारतीय बजार धारचुला स्थित पुलघाटमा पुगेका छन् । नेपाल भारत जोड्ने पुल बन्द भएपछि भारतको विभिन्न ठाउँमा रोजगारीका लागी गएका नेपालीहरु आफ्नो देश फर्कन पाएका छैन्न ।

नेपाल भारत जोड्ने खलंगा स्थित पुल चैत्र १० गते देखि बन्द अवस्थामा छ ।
महाकाली नदि किनारमा भारतको धारचुला नगरपालिकाले छाडा गाईगोरुहरुका लागी बनाएको र प्रयोगमा नआएको घर नेपालीहरुको बसोबासका लागी खुला गरिएको छ ।
ठुलो संख्यामा रहेका नेपालीहरुका लागि एसएसविले लाइनमा राखेर खानेकुराहरु वितरण गरिरहेको छ ।
उनिहरु महाकाली नदि किनारमा घाममा बसेर नेपाल तिर हेरीरहेका छन् ।
नेपालीहरुलाई खाना खुवाउदै एसएसबी ।

आईतबार दिउसो सम्म ३ सय १३ को संख्यामा रहेका नेपालीहरुको संख्या थपीने क्रम जारी छ ।

धारचुलामा पुलखुल्ने पर्खाइमा दार्चुलाको शिल्यशिखर नगरपालिकाका ११,अपीहिमाल गाउँपालिकाका ४ र मार्मा गाउँपालिकाका ३८ जना छन् । साथै बैतडीको पुरचौडीका १ सय ६४ जना र डिलाशैनिका ६२ बझाङको बुङलका ३० जना र जाजरकोटका ३ जना पनि रहेका छन्

तपाईको प्रतिक्रिया दिनुहोस् !