पिथौरागढ प्रहरी प्रमुखले गरे अतिक्रमित नेपाली भूमी कालापानी र लिम्पीयाधुरा क्षेत्रको भ्रमण

0
1024

कालापानी न्युज, दार्चुला ।

भारतको पिथौरागढ जिल्लाका प्रहरी प्रमुख प्रीती प्रियर्दशिनीले नेपाली अतिक्रमित भूमी कालापानी र लिम्पीयाधुरा क्षेत्रको भ्रमण गरेकि छिन् । प्रहरी प्रमुख प्रियर्दशिनीले जेठ ३० गते पागंला थानाको निरिक्षण गरेर पागंला बाट नजंग, मालपा, बुदी, छियालेख, नपल्च्यु हुदै नेपाली अतिक्रमीत गाउँहरु गुञ्जी, नावि र कुटी क्षेत्रको भ्रमण गरेको पिथौरागढ प्रहरीले जानकारी दिएको छ ।
जेठ ३१ गते लिम्पीया धुरा नजिकको क्षेत्र जौलीङकाङ क्षेत्रको भ्रमण गरेको र जेठ ३२ गते भारतले अतिक्रमण गरेको नेपाली भुमी कालापानी, नाविढाङ क्षेत्रको भ्रमण गरेको पिथौरागढ प्रहरीले जनाएको छ ।
प्रहरी प्रमुख प्रियर्दशिनीले भ्रमणका क्रममा गुञ्जी प्रहरी थानामा बाढी र विपद्को समयमा प्रहरीलाई सजग रहेर विपद् ब्यवस्थापन उपकरणहरुको सुरक्षा गर्न निर्देशन दिएकि छिन् ।