पिथौरागढमा ८ हजार ६ सय ७ जना होम क्वारेन्टाइनमा

0
836

कालापानी न्युज, जेठ ३ गते । भारतको पिथौरागढ जिल्ला भरि ८ हजार ६ सय ७ जना होम क्वारेन्टाइनमा बसेका छन् । क्वारेन्टाइनमा बसेकाहरु मध्ये १५ जनाको आज कोरोना परिक्षणका लागी स्वाव संकलन गरि पठाइएको छ ।
लडकडाउनको समयमा भारतका विभिन्न कोरोना प्रभावित सहरहरुबाट मानिसहरु आइरहेकाले बाहिरबाट आउनेहरुका लागी क्वारेन्टाइन बस्न अनिवार्य गरिएको छ ।
थर्मल चेकजाचमा संकाशपद पार्ईएमा संस्थागत क्वारेन्टाइन पठाइदै छ भने संकासपद नभएमा होम क्वारेन्टाइमा बस्न लगाइएको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ ।
पिथौरागढको नवोदय विद्यालयमा १ सय ५४, चण्डाकमा ७६, टिसिआरमा ८, गंगोलीहाटमा ८३, थलमा ९, मुनस्यारीमा ३४, चौकोडीमा ४९ र डिडिहाटमा २८ जनाहरुलाई संस्थागत क्वारेन्टाइनमा राखीएको छ ।
डिएडिएम डा. राजेश ढकरियालले संस्थागत क्वारेन्टाइनमा राखीएकाहरुको दैनिक स्वास्थ्य चेकजाच भइरहेको बताएका छन् । होम क्वारेन्टाइन, स्कुल र पञ्चायतघरमा रहेकामानिसहरुको निगरानीका लागी सम्बन्धीत प्रधान र प्रशासन टिमलाई जिम्मेवारि दिइएको छ ।