पिथौरागढमा ६७ जनामा कोरोना संक्रमण

0
898

दार्चुला, असार २४ गते ।
भारतको पिथौरागढ जिल्लामा अहिलेसम्म ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । करिब ५ लाख जनसंख्या रहेको पिथौरागढ जिल्लामा १ हजार ८ सय ९५ जनाको पिसिआर परीक्षण गरिएको भारतीय मिडियाले जनाएका छन् ।
संक्रमितमध्ये ६४ जनामा निको भइसकेको छ । ३ जनाको भने उपचार भइरहेको छ । लकडाउन अवधिमा विदेश र जिल्ला बाहिरबाट ४७ हजार ६ सय २१ नागरिक पिथौरागढ जिल्लामा भित्रिएको न्युज पिथौरागढ अनलाइन टेलिभिजनले जनाएको छ । तीमध्ये ३९ हजार ४ सय ३८ जनाले १४ दिनको संस्थागत वा होम क्वारेन्टाइन बसाइ पूरा गरेका छन् ।
हाल जिल्लाभरी २ सय जना संस्थागत क्वारेन्टाइनमा बसिरहेका छन् । ६ हजार ६ सय ५३ जना होम क्वारेन्टाइनमा बसेका छन् । पिसिआर परीक्षणका लागि संकलन गरिएका नमुनामध्ये १ सय ६० को नतिजा आउन बाँकी रहेको जनाइएको छ ।