पिथौरागढमा १ सय १३ स्वास्थ्यर्मीहरुले लगाए कोरोना विरुद्धको खोप

0
939

दार्चुला, माघ ४ गते । भारतको पिथौरागढमा शनिबारबाट कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको छ । पहिलो दिन १ सय १३ जना स्वास्थ्यकर्मीहरुलाई कोरोना विरुद्धको खोप लगाइएको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ । पिथौरागढमा कोरोना खोप लगाउने अभियानको सुरुवात उत्तराखण्ड प्रदेशका सिचाई मन्त्री सतपाल महाराजको प्रमुख आतिथ्यतामा गरिएको थियो ।
खोप लगाउनका लागि पिथौरागढ जिल्ला अस्पताल र महिला अस्पतालमा खोप केन्द्र बनाइएको छ । शनिबार जिल्ला अस्पताल पिथौरागढमा ६३ जना र महिला अस्पतालमा ५० जना गरि १ सय १३ जना स्वास्थ्यकर्मीहरुलाई कोरोना विरुद्धको खोप लगाइएको हो । विहान १० बजे मुख्य चिकित्साधिकारी डा एचसी पन्तलाई पिथौरागढमा कोरोनाको पहिलो खोप लगाइएको थियो । कोरोना खोप उद्धघाटनको अवसरमा पिथौरागढका विधायक चन्द्रा पन्त, डिडीहाटका विधायक विसन सिह चुफाल, पिथौरागढ जिल्ला पञ्चायत अध्यक्ष दिपीका बोहरा, पिथौरागढ जिल्ला अधिकारी डा. बिजयकुमार जोगदण्डे लगायतको सहभागिता रहेको थियो ।