पिथौरागढमा महिला प्रहरी प्रमुख

0
2209

दार्चुला, पुष १५ गते ।
भारतको पिथौरागढमा पहिलो पटक महिला प्रहरी प्रमुख खटिएका छन् । उत्तराखण्ड राज्यको नेपाल र चीनसंग सिमा जोडिएको पिथौरागढ जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी प्रिति प्रियदर्शनीले पाएका छन् ।
पिथौरागढ प्रहरी प्रमुखको जिम्मेवारी पाएका पुलिस अधिक्षक (एसपी) प्रियदर्शनीले सोमबार आफ्नो पदभार ग्रहण गर्नुभएको छ । पिथौरागढमा यातायात व्यवस्थामा सुधार, लागूऔषध नियन्त्रण र महिला सुरक्षाका विषय आफ्नो प्राथमिकतामा रहेको उहाँले बताउनुभयो ।
मंगलबार पिथौरागढ जिल्लाभरीका प्रहरी थाना र चौकीका प्रमुखहरुसंग एसपी प्रियदर्शनीले बैठक गर्नुभएको छ । आ–आफ्नो क्षेत्रमा प्रभावकारी सुरक्षा व्यवस्थापन गर्न उहाँले सबै प्रहरी युनिट प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।
करिब दुई वर्षसम्म पिथौरागढ प्रहरी प्रमुख रहेका एसपी रामचन्द्र (आरसि) राजगुरुको हल्द्वानी सरुवा भएको छ । राजगुरुको स्थानमा पुलिस अधिक्षक प्रियदर्शनीले पिथौरागढ प्रहरीको कमाण्ड सम्मालेका छन् । सोमबार एसपी राजगुरुको पिथौरागढ प्रहरीले विदाई गरिएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here