पिथौरागढमा नेपाल भारत संयुक्त सैन्य अभ्यास सुरु ( फोटो फिचर)

789
पिथौरागढमा नेपाल भारत संयुक्त सैन्य अभ्यास हुदैः फोटो - पिथौरागढ जिल्ला प्रशासन

असोज ५ गते , दार्चुला ।
भारतको उत्तराखण्ड राज्य स्थित पिथौरागढ जिल्लामा नेपाल र भारतका सेनाको संयक्त सैन्य अभ्यास सोमबारबाट सुरु भएको छ ।

‘१५ औ सुर्यकिरण’ नाम दिएको उक्त संयुक्त अभ्यासमा आतंकबाद विरोधी अभियान र विपद् ब्यवस्थापन अभियान सम्बन्धि दुबै देशका सेनाले अनुभव आदान प्रदान गर्ने बताइएको छ ।



नेपाली सेनाका महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली संयुक्त सैन्य अभ्यासका लागि भारतको पिथौरागढ गएको नेपाली सेनाका प्रबत्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिनुभयो ।
संयुक्त बटालीयन स्तरको अभ्यासले दुई देशहरु विच रक्षा सहयोग र सैन्य सहयोग बढाउने अपेक्षा रहेको भारतको पिथौरागढ प्रशासनले जारी गरेको प्रेश बक्तब्यमा उल्लेख छ । १४ दिन सम्म हुने संयुक्त सैन्य अभ्यासमा दुबै देशका ६ सय ५० जना सैनिक तथा सैन्य अधिकारीहरुको सहभागिता रहेको छ ।
नेपालले सन् २०११ देखि भारतसँग नेपाल–भारत ‘सूर्यकिरण’ संयुक्त सैनिक अभ्यास गर्दै आएको छ । एक वर्षमा नेपाल र भारतमा एक–एक पटक अभ्यास हुँदै आएकोमा कोभिड–१९ संक्रमण सुरु भएपछि रोकिएको थियो ।


 

 

तपाईको प्रतिक्रिया दिनुहोस् !