पिथौरागढमा थप ४ जना एसएसबी सहित ६ जनामा कोरोना संक्रमण

0
782

दार्चुला, साउन २६ गते ।

भारतको पिथौरागढमा आईतबार थप चार जना एसएसबी सहित ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पिथौरागढका सिएमओ डा. हरिष चन्द्र पन्तका अनुसार आईतबार आएको रिर्पाेटमा चार जना एसएसबी र दुई जना स्थानियहरुमा कोरोना संक्रमण पुष्टी भएको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ । लगातार कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पिथौरागढमा ८४ जना एक्टिभ कोरोना संक्रमित पुगेका छन् । भने १ सय २६ जना कोरोना जितेर घर फर्किएका छन् ।

संकास्पद मृत्यु भएका शिक्षकको कोरोना रिर्पाेट पोजेटिभ

पिथौरागढमा संकास्पद मृत्यु भएका एक जना शिक्षकको कोरोना रिर्पाेट पोजेटीभ आएको छ । साउन २१ गते मृत्यु भएका शिक्षकको सम्पर्कमा आएका ५५ ब्यक्तिहरुको कोरोना परिक्षणका लागि नमुना संकलन गरिएको डा. हरिष चन्द्र पन्तको भनाई छ । संकासपद मृत्यु भएका शिक्षकको कोरोना रिर्पाेट पोजेटिभ आएसंगै पिथौरागढमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ । यस भन्दा पहिले एक जना एसएसबीको मृत्यु भएको थियो ।

सम्बन्धित समाचार