पिथौरागढमा थप सात जनामा कोरोना संक्रमण पुष्टी

682

दार्चुला, साउन १ गते ।
भारतको पिथौरागढमा बुधबार थप सात जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमध्ये पाँच जना इन्डो तिब्बत बोर्डर प्रहरी र दुई जना बाहिर जिल्लाबाट आएका रहेका छन् । यो संगै पिथौरागढमा कोरोना संक्रमितको संख्या ७७ पुगेको छ । जसमध्ये ६५ जना कोरोना जितेर घर फर्किएका छन् भने १२ जना कोरोना संक्रमितहरुको विभिन्न स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको भारतीय पत्रिका दैनिक जागरणले समाचार लेखेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !