पिथौरागढमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु

0
915

दार्चुला, कार्तिक २२ गते ।
भारतको पिथौरागढमा कोरोना संक्रमणबाट हाल सम्म १० जनाको ज्यान गएको छ । शुक्रबार एक जना कोरोना संक्रमितको थप मृत्यु भएसंगै पिथौरागढमा कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या १० पुगेको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेकोे छ । पिथौरागढमा हाल एक्टीभ कोरोरा संक्रमितको संख्या १ सय २१ रहेको छ ।