पिथौरागढमा कोरोना संक्रमणबाट एसएसबीको मृत्यु

982

दार्चुला, साउन १३ गते ।

भारतको पिथौरागढ जिल्लामा कोरोना संक्रमित एक जना एसएसबीको मृत्यु भएको छ ।
साउन सात गतेबाट पिथौरागढ जिल्ला अस्पत्तालमा आइसोलेसनमा भर्ना भएका ५२ बर्षिय असई मनमोहन सिहंको कोरोना संक्रमणका कारण मृत्यु भइको भारतीय पत्रिका दैनिक जागरणले समाचार लेखेको छ ।
कोरोना संक्रमित मनमोहन सिहको स्वास्थ्य अवस्थामा जटिल बनेपछि पिथौरागढ अस्पत्तालले हल्द्धानीका लागि रेफर गरेको थियो । हल्द्धानी गइरहेको क्रममा पिथौरागढ बाट ३५ किलोमिटर टाढा घाट र पनार क्षेत्रमा एम्बुलेन्समै मृत्यु भएको थियो । गत असार २६ गते जम्बुकस्मीरबाट एसएसबीको बटालियन लिएर आएका सिहँमा कोरोना पोजेटिभ पाइएको थियो ।

सोमबार थप १६ जना एसएसबीमा कोरोना संक्रमण पुष्टी

जम्बुकस्मीरबाट आएका थप १६ जना एसएसबीहरुमा कोरोना पोजेटीभ पाइएको छ । सोमबार पिथौरागढ जिल्लाका १७ जनामा कोरोना पुष्टी भएकोमा एक जना स्वास्थ्यकर्मी र १६ जना एसएसबी रहेका थिए ।
एकै दिन १७ जनामा कोरोना संक्रमण पुष्टी भएपछि पिथौरागढ जिल्लामा कोरोना संक्रमित ब्यक्तिहरुको संख्या १ सय २२ पुगेको दैनिक जागरणले समाचारमा उल्लेख गरेको छ । जसमध्ये ७० जना स्वस्थय भएर घर गएका छन् भने ५२ जना संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।
सोमबार सम्म पिथौरागढ जिल्लामा २ सय २८ जना संस्थागत क्वारेन्टाइनमा रहेका छन् भने २ हजार ३८ जना ब्यक्तिहरु होम क्वारेन्टाइनमा रहेको बताइएको छ ।
पिथौरागढ जिल्लाबाट कोरोना परिक्षणका लागि हल्द्धावानी पठाएका १ हजार ८ सय नमुनाहरुको रिर्पाेट आउन बाकी रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !