पिथौरागढमा कोरोना परीक्षण गर्ने मेसिन ल्याइयो

1305

कालापानी न्युज, दार्चुला ।
भारतको पिथौरागढमा कोरोना परीक्षणका लागी आइतबार मेसिन पुगेको छ । पिथौरागढ अस्पत्तालमा मेसिन जोड्ने काम भइरहेकाले मंगलबार बाट कोरोना परीक्षण सुरु हुने भारतीय पत्रिका दैनिक जागरणले समाचार लेखेको छ ।
हाल सम्म पिथौरागढमा कोरोना परीक्षणका लागी नमुना संकलनका गरेर हल्द्धावानी पठाउनु पर्ने बाध्यता रहेको थियो । रिर्पाेटहरु आउन २–३ दिन लाग्ने अवस्था रहेकोमा अब छिटो भन्दा छिटो रिर्पाेट आउने अपेक्षा गरिएको छ ।
सिमार्ती जिल्ला पिथौरागढमा कोरोना फैलिने सम्भावना भएकाले भारत सरकारले कोरोना परीक्षण पिथौरागढमै गर्ने ब्यवस्थापन गर्न मेसिन पठाउको थियो ।
पिथौेरागढमा सञ्चालन हुन लागेको कोरोना परीक्षण ल्याबमा दैनिक एक सय जनाको जाचँ गर्ने लक्ष्य लिइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !