पिथौरागढमा कोरोनाले स्थगित भएका बोर्ड परीक्षा सञ्चालन गरियो

0
868

दार्चुला, असार १० गते ।

पिथौरागढमा कोरोना प्रभावले स्थगित गरिएका इन्टर बोर्ड परीक्षा सोमबार बाट सुरु गरि बुधबार सम्पन्न गरिएको छ । बाकि रहेका विषयहरुको परीक्षा पिथौरागढका ९४ परिक्षा केन्द्रहरुमा सोमबारबाट सुरु भई आज सम्पन्न भएको भारतीय पत्रिका हिन्दुस्तान दैनिकले समाचार लेखेको छ ।
सोमबार अर्थात २२ जुन बाट सुरु भएका परिक्षाहरु २४ जुन सम्म सञ्चालन भएका थिए ।
कारोनाको संक्रमणको मध्यनजरगर्दै परीक्षार्थीहरुको सुरक्षाका लागी सबै केन्द्रहरु सेनिटइज गर्नुका साथै परिक्षा दिने विद्यार्थीहरुका लागी मास्कको ब्यवस्थापन गरिएको थियो । साथै परिक्षाहलमा प्रबेश गर्नुपुर्व प्रत्येक परीक्षार्थीको तापक्रम जाचँ गरिएको पिथौरागढका मुख्य शिक्षा अधिकारी अशोक जुकरियाले बताएका छन् ।