पिथौरागढमा अबैध मदिरा सहित एक नेपाली पक्राउ

0
920

दार्चुला, चैत्र ७ गते ।
भारतको पिथौरागढमा अबैध मदिरा सहित एक जना नेपाली पक्राउ परेका छन् ।

२३ लिटर अबैध मदिरा सहित जाजरदेवल प्रहरीले पिथौरागढ आरटी चोकबाट  नेपाल घर भएका कर सिह बोहराका छोरा धन सिह बोहरालाई पक्राउ गरेको भारतीय पत्रिका हिन्दुस्तान दैनिकले समाचार लखेको छ । साथै धार्चुला प्रहरीले अबैध मदिरा सहित एक जना पक्राउ गरेको छ । शुक्रबार धार्चुला कोतवाल प्रभात कुमारको नेतृत्वमा गलातिमा चेकजाँच अभियान चलाइएको थियो । चेकजाँचका क्रममा प्रहरीले बलुवाकोटका तरुण आगरीलाई ०५ बी ६८२५ नम्बरको जीपबाट ६ पेटी अबैध मदिरा सहित पक्राउ गरेको छ । पक्राउ परेका दुबै जना विरुद्ध अबकारी कानुन अनुसार मुद्धा दर्ता गरि अनुसन्धान अघि बढाइएको पिथौरागढ प्रहरीले जनाएको छ ।