पिथौरागढका प्रहरी प्रमुख प्रीती प्रियदर्शनीको विदाई

0
1065

दार्चुला, माघ ४ गते । भारतको पिथौरागढ जिल्लाका प्रहरी प्रमुख प्रीती प्रियदर्शनीको विदाई गरिएको छ । पिथौरागढ जिल्लामा पहिलो पटक महिला प्रहरी प्रमुखका रुपमा एक बर्ष अघि कार्यकाल सम्हालेकी प्रीयदर्शनीको एसएसपी ( बरिष्ठ पुलिस अधिक्षक) मा बढुवा भएर नैनीतालमा सरुवा हुदाँ शनिबार एक कार्यक्रमका विच विदाई गरिएको पिथौरागढ प्रहरीले जनाएको छ । एक बर्ष सम्म पिथौरागढ प्रहरी प्रमुखको कार्यकालमा सहयोग गर्ने नागरिक, पत्रकार लगायत सम्पुर्णलाई प्रीयदर्शनीले धन्यबाद दिएका छन् । बिदाई कार्यक्रममा बोल्दै उहाँले प्रहरीले अनुशासन र इमानदारीका साथ कर्तब्यको पालना गर्नुपर्ने बताउनुभयो । विदाई कार्यक्रममा धार्चुला प्रहरीका डिएसपी ओपी शर्मा लगायत पिथौरागढ जिल्ला मातहतका प्रहरी कार्यायका प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थितहरुले प्रीयदर्शनीलाई एसएसपीमा बढुवा भएकोमा बधाईका साथै आगामी कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

यो पनि पढ्नुहोसः पिथौरागढमा महिला प्रहरी प्रमुख