पिथौरागढका दुई/दुई विधान सभामा काङ्ग्रेस र भाजपा विजयी ! कसकाे कति मत ?

0
797
पिथौरागढ विधानसभामा निर्वाचित उम्मेदवारहरु: स्रोत-विधायकहरुको फोटो City pithoragrh बाट लिइएको हो

दार्चुला, फागुन २७ गते । 

भारतको पिथौरागढ जिल्लाका चारवटा विधानसभा सिटहरु मध्ये दुई/दई वटा विधानसभा सिटमा भारतीय काङ्ग्रेस र भारतीय जनता पार्टी ( भाजपा) ले जित हासिल गरेको छ । पिथौरागढ तथा धार्चुला विधानसभा सिटमा काङग्रेसले जित हासिल गरेको छ भने डिडिहाट तथा गंगोलिहाट विधानसभा क्षेत्रमा भाजपाले जित हासिल गरेको भारतीय पत्रिका हिन्दुस्तान दैनिकले समाचार लेखेको छ । 

काङ्ग्रेसका उम्मेदवार धार्चुला/मुनस्यारी विधानसभाबाट हरीश सिह धामी र पिथौरागढ विधानसभा क्षेत्रबाट मयुख महरले जित हासिल गरेका हुन भने भाजपाबाट डिडिहाट विधान सभामा विसनसिह चुफालगंगोलीहाट विधान सभामा फकिर राम टमटाले जित हासिल गरेका हुन् । 

धार्चुलाका विधायक हरिश सिह धामीले लगातार तेस्रो पटक र डिडिहाटका विधायक विसन सिह चुफालले  छैटौँ पटक जित हासिल गरेका छन् ।

धार्चुला विधानसभामा काङ्ग्रेसका उम्मेदवार हरीश सिह धामीले निकटतम प्रतिद्वन्दी भाजपाका उम्मेदवार धनसिह धामीलाई १ हजार १ सय २८ मतले पराजित गरेका छन् । काङ्ग्रेसका हरीश धामीले २६ हजार ७ सय ३६ र भाजपाका धनसिह धामीले २५ हजार ६ सय ८ मत प्राप्त गरेको पिथौरागढ प्रशासनले जारी गरेको प्रेस वक्तव्यमा जनाइएको छ । 

डिडिहाट विधानभामा भाजपाका उम्मेदवार बिसन सिह चुफालले आफ्ना निकटतम् प्रतिद्वन्दी निर्दलीय उम्मेद्वार किसन सिह भण्डारीलाई ३ हजार २ सय २६ भोटले पराजित गरेका छन् । भाजपाका चुफालले २० हजार ५ सय ९४ तथा निर्दलीय उम्मेदवार भण्डारीले १७ हजार ३ सय ६८ मत प्राप्त गरेका छन् । 

पिथौरागढ विधानसभा सिटमा काङग्रेसका उम्मेदवार मयुख महरले आफ्ना निकटतम् प्रतिद्वन्दी भाजपाका उम्मेदवार चन्द्रा पन्तलाई ६ हजार ५४ को फराकिलो मतान्तरले पराजित गरेका छन् । काङ्ग्रेसका महरले ३३ हजार २ सय ६९ तथा भाजपाका पन्तले २७ हजार २ सय १५ मत प्राप्त गरेका छन् ।

गंगोलिहाट विधानसभामा भारतीय जनता पार्टीका उम्मेदवार फकिर रामले काङ्ग्रेसका उम्मेदवार खजान चन्दलाई १० हजार ५३ मतको फराकिलो अन्तरले पराजित गरेका छन् । भाजपाका फकिर रामलाई ३२ हजार २ सय ९६ तथा काङ्ग्रेसका चन्दलाई २२ हजार २ सय ४३ मत प्राप्त भएको पिथौरागढ प्रशासनले जनाएको छ ।