पिथौरागढमा जिल्ला अधिकारी फेरिए

0
828
फाईल फोटोः आसिस चौहान

दार्चुला, साउन १८ गते ।
भारतको पिथौरागढमा जिल्ला अधिकारी फेरिएका छन् ।

१२ फरवरी २०२१ मा पिथौरागढ जिल्लाको जिल्ला अधिकारीको रुपमा कार्यभार सम्हालेका आन्नद स्वरुपको छ महिना नहुदै सरुवा भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । पिथौरागढमा नयाँ जिल्ला अधिकारीको रुपमा आसिस चौहान आउन लागेका छन् । छ महिना मात्रै पिथौरागढको जिल्ला अधिकारीको रुपमा आन्नद स्वरुपले जनताको समस्याहरु प्राथमिकताका साथ समाधान गर्ने प्रयास गरेको बताइन्छ । जिल्ला अधिकारी आन्नद स्वरुपको उत्तराखण्ड सरकारको ग्राम्य विकास तथा निबन्धको उप सचिवमा सरुवा भएको छ ।