पहिलो पटक नेपाल–चीन सिमा तिंकर भञ्ज्याङमा सशस्त्र प्रहरीको गस्ती

1301

०७ असार, दार्चुला ।

पहिलो पटक सशस्त्र प्रहरी बलको गस्ती टोली नेपाल र चीनको सिमा क्षेत्र तिंकर भञ्ज्याङमा पुगेको छ । ब्याँसको छाङरुमा हालै स्थापना गरिएको बिओपीको सशस्त्र प्रहरीको टोलीले सीमा क्षेत्रमा नियमित गस्ती गरिरहेको छ । असार ३ गते सीमा गस्तीमा हिडेको सशस्त्र प्रहरी निरीक्षक चन्द नेतृत्वको सशस्त्र टोली नेपाल–चीन सीमासम्म गस्ती गरेर आइतबार फर्किएको सशस्त्र प्रहरी बल नम्बर ५० गुल्मका डिएसपी डम्बर बहादुर बिष्टले बताउनु भयो ।
सशस्त्र प्रहरी निरीक्षक लिलि बहादुर चन्द नेतृत्वको सशस्त्र प्रहरीको टोली नेपाल–चीन  एक नम्बर सीमा स्तम्भसम्म पुगेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !