पहिरो पिडीत व्यवसायी ढोलीलाई घरेलु तथा साना उद्योग दार्चुलाद्धारा मेसिन हस्तान्तरण

0
937

दार्चुला, असोज २० गते ।
पहिरो पिडित व्यवसायी लक्ष्मी ढोलीलाई घरेलु तथा साना उद्योग विकास कार्यालय दार्चुलाले कपडा सिलाउने मेसिन सहितका सामाग्री उपलब्ध गराएको छ । घरेलु तथा साना उद्योग विकास कार्यालय दार्चुलाका प्रमुख एवं वरिष्ठ उद्योग विकास अधिकृत गंगाकुमारी मगरले मालिकार्जुन गाउँपालिका वडानम्बर ८ घर भएका पहिरो पिडित लक्ष्मी ढोलीलाई ५ वटा कपडा सिलाउने मेसिन सहितका सामाग्री हस्तान्तरण गरेका हुन् । मालिकार्जुन गाउँपालिका वडानम्बर ८ शंकरपुर पस्तीमा कपडा सिल्ने व्यवसाय संचालन गरेका लक्ष्मी ढोलीको पसल साउन ५ गतेको पहिरोले पुरिएर क्षति पुगेपछि व्यवसाय नै बन्द रहेको थियो । घरेलु तथा साना उद्योग विकास कार्यालय दार्चुलाले मेसिन प्रदान गरेपछि व्यवसाय संचालन गर्न उत्प्रेरणा जागेको पहिरो पिडित ढोलीको भनाई रहेको छ । घरेलु तथा साना उद्योग विकास कार्यालय दार्चुलाका प्रमुख एवं वरिष्ठ उद्योग विकास अधिकृत गंगाकुमारी मगरले भने पुन व्यवसाय संचालन गर्न टेवा पुगोस भनि मेसिन प्रदान गरिएको बताउनु भयो । व्यवसाय गर्ने व्यक्तिलाई कार्यालयबाट हुने जुनसुकै सहयोग गर्न पछि नहट्ने वरिष्ठ उद्योग विकास अधिकृत मगरको भनाई रहेको छ । पहिरो पिडित लक्ष्मी ढोलीलाई ५ वटा मेसिन , कैची र आइरन मेसिन प्रदान गरिएको उहाँले बताउनुभयो ।