पहिरो खस्दा बेपत्ता भएका बालकको शव फेला

0
762

दार्चुला, साउन १० गते ।
महाकाली नगरपालिकाको वडा नं २ बगालीगाउँको लास्कुगाड क्षेत्रमा शुक्रबार बेलुकी पहिरो खस्दा बेपत्ता भएका बालकको शब फेला परेको छ ।
बेपत्ता ६ बर्षिय बालक जेनिस ठगुन्नाको पहिरोमा पुरीएको नभई लास्कुगाडले बगाएको अवस्थामा, पहिरो खसेको ठाउँ भन्दा करिब २ किलोमिटर तलको क्षेत्रमा शब फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एबं सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।
पहिरो खसेको ठाउँ भन्दा तलको पुल क्षेत्रमा फेला परेको भएको बताइए पनि मालबेला क्षेत्रको वा लास्कुक्षेत्रको कुन पुल हो भन्ने खुल्न बाकि रहेको उहाँको भनाई छ ।
शुक्रबार बेलुका देखि बेपत्ता भएका ठगुन्नालाई दिनभरि जेसिविको प्रयोग गरि पहिरोमा खोज्दा फेला पार्न सकिएको थिएन । करिब शनिवार साझँ सात बजेको समयमा सुरक्षाकर्मीको टोलीले शब फेला पारेको हो ।
नौगाड गाउँपालिकाको सुण्डमुण्ड घर भएका मृतक ठगुन्ना शुक्रबार दार्चुला सदरमुकाम खलंगा आउने क्रममा बडालीगाउँ क्षेत्रमा पहिरो खस्दा बेपत्ता भएका थिए ।

यो पनि पढ्नुहोसः पहिरोमा परि बेपत्ता बालकको खोजी कार्य जारी