पहिरोमा परि चार घर पुरिए

0
836

दार्चुला, साउन १७ गते ।
महाकाली नगरपालिकाको वडा नं २ क्षेत्रमा पहिरो खस्दा चार वटा घरहरु पुरिएका छन् भने सात घरपरिवार विस्तापित भएका छन् । मुल्ला–मैखोली सडक नजिकैबाट शनिबार विहान खसेको पहिरोका कारण घरहरु पुरिएको महाकाली नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष गौरसिंह शाहुले जानकारी दिनुभयो । बाढी पहिरोले मानविय क्षती भने भएको छैन ।स्थानिय कालु भुल, मनि भुल, करे भुल र ललित पार्कीको घर पहिरोले पुरिएको उहाँले बताउनुभयो ।

कालु भूलको पुरै घर पहिरोले पुरिएको छ भने घरभित्र रहेको अन्नपात, लुगा कपडा तथा पशुचौपया पहिरोले पुरिएका छन् ।
अन्य तीन जना मनि भुल, करे भुल र ललित पार्कीको घर पनि पहिरोले पूर्ण क्षेति भएको छ ।
अन्य सात जनाको घर पनि पहिरोको उच्च जोखिममा परेको छन् । रुबी पार्की, अम्मरा पार्की, मानमति पार्की, हरकसिंह शाहु, पारस शाहु, शेरराम पार्की र जनक पार्कीको घर पहिरोको उच्च जोखिममा रहेको वडाध्यक्ष शाहुले बताउनु भयो ।
११ ओटै परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । घर पुरिएका चारै जनाको परिवार र पहिरोले घरभित्र बस्न सकिने अवस्था नरहेका अन्य सात जनाको परिवारलाई नजिकैको विद्यालयमा व्यवस्थापन गरिएको वडाध्यक्ष शाहुले जानकारी दिनुभएको छ ।
प्रभावितहरुलाई खाद्यान्न लगायतका राहत सामग्री का साथै त्रीपाल पनि वितरण गरिएको उहाँले बताउनुभयो । बिपद् प्रभावित क्षेत्रमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको टोली पुगेर उद्धारको कार्य गरेको थियो ।