पशुपन्छी विकास सम्बन्धि योजना तर्जुमा गोष्ठी

0
843

दार्चुला, चैत्र २३ गते ।
भेटेरिनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाको आयोजनामा दार्चुला सदरमुकाम खलंगामा स्थानिय तह र सरोकारवालाहरु संग पशुपन्छी विकास सम्बन्धी योजना तर्जुमा गोष्ठी गरिएको छ ।

भेटेरिनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका प्रमुख देबि दत्त भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करविर बहादुर कार्की प्रमुख अतिथि रहनुभएको थियो ।
गोष्ठीमा भेटेरिनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाले सञ्चालन गरेका कार्यक्रमहरु तथा पशुपन्छी विकासको क्षेत्रमा स्थानिय र प्रदेश सरकार संगको सहकार्यका विषयमा चर्चा गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाले पशुपन्छी विकास कार्यक्रम, ब्यास गाउँपालिका विषेश कार्यक्रम, मुख्यमन्त्री एकिकृत पशुपञ्छी विकास कार्यक्रम तथा पशु पन्छीहरुका लागि खोप कार्यक्रम सञ्चालन गरेको कार्यालय प्रमुख देबि दत्त भट्टले जानकारी दिनुभयो ।
सुदुरपश्चिम प्रदेशका भूमी ब्यवस्था कृर्षि तथा सहकारी मन्त्रालयको पशुपन्छी विकास महाशाखाका बरिष्ठ पशु विकास अधिकृत डा. हेमराज अवस्थीले प्रदेशमा पशुपालनका विभिन्न समस्या रहेको बताउनुभयो । मुख्य गरि सुदुरपश्चिम प्रदेशमा दिगो ब्यवसायको रुपमा विकास नहुनु, ब्यवस्थित बजार नहुनु, प्राविधिक जनशक्ति नहुनु, उन्नत नश्लका पशु नहुनु, पशु विमा कार्यक्रम न्युन हुनु, मुल्य निर्धारण तथा युवा बर्ग आकर्षित नहुनु पशुपालनका मुख्य समस्याहरु रहेको डा. अवस्थीले बताउनुभयो ।
त्यसैगरि कार्यक्रममा शैल्यशिखर नगरपालिकाको पशु सेवा शाखा प्रमुखले नगरपालिकाले पशु विकासका क्षेत्रमा बजेट विनियोजन नगर्दा पशुपन्छी सम्बन्धी कार्यक्रमहरु नगरपालिकाले गर्न नसकेको गुनासो गर्नुभएको छ । पशु सेवा शाखा अन्र्तगत विभिन्न वडाहरुमा गरि १४ जना कर्मचारी रहेको भएकाले कर्मचारीहरुको तलभ समेत ६ महिना पुग्ने गरि बजेट विनियोजन गरिएको गुनसो गर्नुभएको छ । गोष्ठीमा दार्चुलाका विभिन्न स्थानिय तहहरुका पशु सेवा शाखा प्रमुखहरुले आ–आफ्नो शाखाबाट भइरहेका कार्यक्रमबारे जानकारी गराउनुभएको छ ।
कार्यक्रममा बोल्दै अपीहिमाल गाउँपालिकाका अध्यक्ष धर्मान्नद मन्यालले प्रदेश सरकारले हाल सम्म योजना तर्जुमा सम्बन्धि कार्यक्रमहरुमा स्थानिय तहहरु संग समन्वय नगरेको भएपनि पहिलो पटक समन्वयको प्रयास गरिएको भन्दै प्रदेश सरकारलाई धन्यबाद ब्यक्त गर्नुभएको छ । साथै अपीहिमाल गाउँपालिकाले पशुपन्छीका क्षेत्रमा भेडा पालनलाई प्राथमीकता दिएको बताउनुभएको छ । गाउँपालिकाले भेडा पालनलाई प्राथमिकता दिएको भएपनि चरन क्षेत्रको अभाव रहेको अध्यक्ष मन्यालको भनाई छ । चरन क्षेत्रको अभाव रहेकाले अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले चरन क्षेत्रका लागि ब्वयस्था गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै मार्मा गाउँपालिका अध्यक्ष जमन सिह धामीले मार्मा गाउँपालिकाले पनि पशुपन्छी विकासका क्षेत्रमा विभिन्न कार्यक्रमहरु गरिरहेको बताउनुभयो । प्रदेश सरकारले छनोटमा आधारित कार्यक्रम स्विकृत नगरि अन्य कार्यक्रम दिदाँ गाउँपालिकाले कार्यक्रम कार्यान्वयन गर्न नसकिरहेको गुनासो गर्नुभयो ।
कार्यक्रममा बोल्दै दुहु गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले दुहु गाउँपालिकामा रैथाने भेडापालन ब्यवसाय रहेको तथा ती ब्यवसायीहरुलाई गाउँपालिकाले प्रबद्र्धन गरिरहेको बताउनुभयो ।
गोष्ठीमा मार्मा गाउँपालिका अध्यक्ष जमन सिह धामी, अपीहिमाल गाउँपालिका अध्यक्ष धर्मान्नद मन्याल, दुहु गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्की, लेकम गाउँपालिका अध्यक्ष प्रमान्नद जोशी, शैल्यशिखर नगरपालिकाका उप मेयर राजमती बमं पाल, नौगाड गाउँपालिका उपाध्यक्ष गौरी देबि ठगुन्ना, प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी, मालिकार्जुन गाउँपालिका वडा नं ७ का वडाध्यक्ष लोकेन्द्र सिह धामी, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख मनोहर प्रसाद भट्ट, सशस्त्र प्रहरी बल नेपाल ४४ नम्बर गणका प्रतिनीधी तथा पत्रकार लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।