पवित्र महाकाली नदी स्वच्छता अभियानमा ऐक्यवद्धता जनाउने संघसंस्था तथा नागरिक बढ्दै

486
फाइल फोटोः महाकाली नदीको स्वच्छताका लागि हातमा नदीको पानी लिएर संकल्प गर्दै अभियानकर्मीहरु

दार्चुला, माघ ९ गते । 

महकाली नदीको स्वच्छताका लागि सञ्चालन गरिएको अभियानमा विभिन्न संघ संस्था तथा नागरिकहरूले ऐक्यवद्धता जनाइरहेका छन् । महाकाली नदी स्वच्छताका लागि दार्चुलामा सञ्चालन गरिएको पवित्र महाकाली नदी स्वच्छता अभियानमा मिडिया विकास समाज नेपाल दार्चुलाले पनि ऐक्यबद्धता जनाएको छ । शनिबार पत्रकार महासंघ दार्चुला शाखाले अभियानमा ऐक्यवद्धता जनाएको थियो । 

महाकाली नदीको स्वच्छताका लागि स्वतस्फुर्त नागरिक अभियानले सकारात्मक सन्देश, उत्साह र उर्जा दिएको मिडिया विकास समाज नेपाल दार्चुलाका अध्यक्ष पदम सिह बडालले बताउनुभयो ।  

सनातन धर्मावलम्बीहरूको आस्थाको धरोहर पवित्र महाकाली नदीको स्वच्छता , सरसफाइ र संरक्षणका लागि थालिएको अभियानमा तन, मन, वचन र कर्मले सकारात्मक योगदान पुर्याउन सम्पूर्ण खलंगाबासि, महाकाली नदी तटिय क्षेत्रका नागरिक, स्थानिय सरकार, सरकारी र गैरसरकारी निकायहरूलाई मिडिया विकास समाज नेपाल दार्चुलाले आव्हान गरेको छ । 

प्रकृति संरक्षणको पवित्र अभियानमा सिर्जनात्मक रुपमा सक्रियताका लागि सम्पूर्ण सञ्चारकर्मी तथा सरोकारवालाहरुमा अनुरोध गरिएको छ । यस अभियानमा ५० जनाले व्यक्तिगत रुपमा संकल्प पत्रमा हस्ताक्षर गरि अभियानमा प्रतिबद्धता जनाएको अभियानका संयोजक शंकर सिह धामीले बताउनुभयो । 

तपाईको प्रतिक्रिया दिनुहोस् !