पत्रकार महासंघ दार्चुला शाखाको पाँचौ जिल्ला अधिवेशन सम्पन्न

778

दार्चुला, माघ २३ गते ।
पत्रकार महासंघ दार्चुला शाखाको पाँचौ जिल्ला अधिवेशन शुक्रबार सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ दार्चुला शाखाका अध्यक्ष शंकर सिह धामीको अध्यक्षतामा गरिएको कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय कमिटि सदस्य उत्तर विष्ट प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य जन्मदेब जैशी, जिल्ला समन्वय समितिका उपाध्यक्ष कृष्ण सिह धामी तथा दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल विशिष्ट अतिथि रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले दार्चुलाको पत्रकारीता सक्रिय रुपमा अघि बढिरहेको बताउनुभयो । दार्चुला जिल्लाका सरकारकारी कार्यालयका सूचना अधिकारीहरुलाई मिडियाकर्मी तथा आम नागरिकहरुलाई आम चासोको सुचना उपलब्ध गराउन निर्देशन दिएको उहाँको भनाई छ । कार्यक्रममा बोल्दै नेपाली काङग्रेस दार्चुलाका सभापति ललित सिह बोहराले पत्रकारीताले सरकार र राजनीतिलाई सहि बाटोमा डोर्याउने भएकाले निश्पक्ष हुनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै पत्रकार महासंघका केन्द्रिय सदस्य जन्मदेब जैशीले प्रेस कमिकमजोरीहरुलाई बाहिर ल्याउने भएकाले सरकार तथा अन्य पक्षको तारो बन्ने बताउनुभयो । पत्रकारहरुले पत्रकारीतालाई पारदर्शी बनाउनुपर्ने उहाँको भनाई छ । कार्यक्रममा बोल्ने अधिकाशं बक्ताहरुले पत्रकारीता निश्पक्ष र स्वतन्त्र हुनुपर्नेमा जोड दिएका छन् । पत्रकार महासंघ दार्चुला शाखाका अध्यक्ष शंकर सिह धामीले आफ्नो दुई पटकको ७ बर्ष लामो कार्यकाल सफल बनाउनमा सहयोग गर्ने सम्पुर्णलाई धन्यबाद दिएका छन् ।
पत्रकार महासंघको २०७३ सालमा चयन भएको कार्यसमितिको कार्यकाल २०७६ मै सम्पन्न भएको भएपनि कोरोना प्रभावका कारण एक बर्ष कार्यकाल थपिएको थियो । माघ महिना भित्र देशैभरिका सम्पुर्ण जिल्लाहरुको महाधिबेशन तथा फागुन महिना भित्र प्रदेश र केन्द्रको महाधिबेशन सम्पन्न गरि प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नयाँ कार्यसमिति चयन गरिने पत्रकार महासंघले जनाएको छ । सम्पुर्ण प्रक्रिया पूरा गरि चैत्र महिना भित्र पत्रकार महासंघको केन्द्रीय, प्रदेश र जिल्लाले नयाँ कार्यसमितिहरु पाउँने पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशका सचिव प्रेम चुनाराको भनाई छ ।
पत्रकार महासंघ दार्चुला शाखाको पाँचौ अधिबेशन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधी, नेपाली काङग्रेसका जिल्ला सभापति ललित सिह बोहरा, अपीनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख गोपाल बहादुर घिमिरे, नेपाली सेनाको गुरुगोरख गुल्म दार्चुलाका गुल्मपति ओम विक्रम बस्नेत, सशस्त्र प्रहरी ४४ नम्बर गणका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक भास्कर चन्द लगायत जिल्लामा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !