पत्रकार महासंघ दार्चुला शाखाको अध्यक्षमा धामी

0
611

दार्चुला, भाद्र ६ गते ।
नेपाल पत्रकार महासंघ दार्चुला शाखाको नयाँ नेतृत्व चयन गरिएको छ । शनिवार सम्पन्न शाखाको विशेष साधारण सभाको बन्द सत्रबाट नयाँ नेतृत्व चयन गरिएको हो । लक्ष्मण सिंह धामीको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन गरिएको अध्यक्ष मण्डलका सदस्य कपिलदेव भट्टले जानकारी दिनुभयो । समितिको उपाध्यक्षमा गणेश सिंह धामी, ईश्वरी बुढाथोकी, सचिवमा सुन्दर सिंह धामी, सहसचिव कृष्ण बहादुर धामी, मञ्जु तिकंरी र कोषाध्यक्षमा हरी प्रसाद जोशी चयन भएका छन् । यस्तै सदस्यहरुमा रणजित सिंह खत्री, प्रेम सिंह ठगुन्ना, जनकराज भट्ट, ललित सामन्त, बिरादत्त भट्ट, मान सिंह कुवर, नन्दा धामी, विशन बुढाथोकी चयन भएका छन् । २०७७ चैत्र २५ गते निर्वाचन मार्फत कृष्ण सिह धामीको अध्यक्षतामा चयन गरिएको जिल्ला शाखाको क्रियाशिलता र कार्यसम्पादनमा चित्त नबुझेको र शाखा अध्यक्षसहित सिङ्गो कार्य समिति असफल भएको भन्दै दार्चुलामा क्रियाशिल पत्रकारहरुले नयाँ नेतृत्व चयन गरेका हुन् । महासंघको बिधानको दफा ९ को उपदफा २ र ३ बमोजिम नयाँ नेतृत्व चयन गरिएको जनाइएको छ ।