पत्रकार धामी सहित कोरोनाको जोखिममा समाचार प्रवाह गर्ने ३५ जना पत्रकार सम्मानित

0
1233

बिरा दत्त भट्ट
दार्चुला, माघ ७ गते । पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकर सिह धामी सहित कोरोना संक्रमणको उच्च जोखिमका बेला जनचेतनामुलक समाचार प्रबाह गर्ने ३५ जना पत्रकारहरु सम्मानित भएका छन् । अष्ट्रेलियामा बसोबार गरिरहेका नेपालीको साझाँ संस्था एनआरएनए अष्ट्रेलियाको सहयोग एबं पत्रकार महासंघको सहकार्यमा ३५ जना नेपाली पत्रकारहरुलाई लेखनबृती पत्रकारिता सम्मान प्रदान गरिएको पत्रकार महासंघका महासचिव रमेश विष्टले जानकारी दिनुभयो ।
कोरोना संक्रमण विरुद्ध आफुले प्रकासन–प्रसारण गरेका जनचेतनामुलक समाचार सामग्रीहरु पठाउन सूचित गरे बमोजिम २ सय ८५ जना नेपाली पत्रकारहरु मध्ये समाचार सामग्रीको विषयबस्तु, खोज प्रस्तुती, समाचारको सन्देश, भाषा तथा लेखन शैदी एबम् भौगोलीक, विविधता समावेशीता समेतका आधारमा ३५ जना पत्रकारहरु छनोट गरिएको पत्रकार महासंघले जनाएको छ ।
पत्रकारिता सम्मानका लागि नेपाल पत्रकार छनौट समितिले छनौट गरेको हो । छनोट भएका पत्रकारहरुलाई १० हजार सहित सम्मानपत्र प्रदान गरिने नेपाल पत्रकार महासंघले जनाएको छ । सहभागि नेपाली पत्रकारहरु मध्येबाट सुदुरपश्चिम प्रदेशबाट दुई जना मात्रै उक्त छनोटमा परेका छन् । दार्चुला सन्देश दैनीक दार्चुलाबाट शंकर सिह धामी र अन्नपुर्ण पोष्ट दैनिकका कैलाली सम्बाददता शिवराज भट्ट उक्त पत्रकारीता पुरस्कारमा छनोटमा परेको पत्रकार महासंघले जनाएको छ । दार्चुला सन्देश दैनिकबाट सम्मानित पत्रकार धामी डेढ दशक देखि पत्रकारीता क्षेत्रमा क्रियाशिल रहेका छन् ।

सम्मानित हुने पत्रकारहरूको नामावली

१। इश्वरी बराल थाहा सञ्चार नेटवर्क, काठमाडौं
२। प्रकाश पन्त विविसी नेपाली सेवा, सुर्खेत
३। पूर्णचन्द्र घिमिरे रेडियो नेपाल, काठमाडौं
४। बिनु तिम्सिना नेपाल टेलिभिजन, मोरङ
५। इन्द्रप्रसाद पौडेल कान्तिपुर टेलिभिजन, कास्की
६। नरेन्द्र मानन्धर इमेज च्यानल, काठमाडौ प्रतिष्ठान
७। सिजर्ना बराल, हिमालय टिभी, अष्ट्रेलिया
८। बिज्जु महर्जन कान्तिपुर दैनिक, फोटो पत्रकार
९। दमन राई नागरिक दैनिक, खोटाङ
१०। फातिमा बानु कान्तिपुर दैनिक, काठमाडौं
११। जिवन लामा नेपाल समाचारपत्र दैनिक, दोलखा
१२। लक्ष्मी बस्नेत हिमाल खबर पत्रिका, काठमाडौं
१३। खेमराज वली, अनलाइन खबर, अष्ट्रेलिया
१४। ललित बुढा, सुर्खेत
१५। नरहरी सापकोटा नागरिक दैनिक, गोरखा
१६। शंकर धामी दार्चुला सन्देश दैनिक
१७। सरोज ढुंगेल गोरखापत्र दैनिक, काठमाडौं
१८। शिवराज भट्ट, अन्नपूर्ण पोष्ट, कैलाली
१९। राधेश्याम खतिवडा चितवन पोष्ट, चितवन
२०। चन्दमणि भट्टराई काठमाडौं अनलाइन
२१। डुन्डुराज आचार्य न्यूज कारोबार अनलाइन,
२२। धु्रव लम्साल राजधानी दैनिक, काठमाडौं
२३। नमिन ढकाल लोक सन्देश अनलाइन, इलाम
२४। फणीन्द्र फुयाँल झिल्को अनलाइन, काठमाडौं
२५। रामहरी कार्की दैनिकी न्यूज अनलाइन, ललितपुर
२६। संगीन शर्मा काँचुली खबर अनलाइन, बाँके
२७। शिवराज योगी अक्षरपाटि अनलाइन, काठमाडौं
२८। सिर्जना तिम्सिना मिर्मिरे अनलाइन, काठमाडौं
२९ ।सुरेश विडारी अनलाइन खबर डटकम, पर्सा
३०। भगवती थापा रासस, भक्तपुर
३१। रामकृष्ण लामिछाने पर्वत
३२। महेश्वर गौतम राजधानी दैनिक,
३३। पोषनाथ अधिकारी धादिङ,
३४ शिव सिलवाल एनटिभी धादिङ,
३५ श्रीजनकुमार झा काठमाडौ