पत्रकार तथा स्वास्थ्यसंचारकर्मीहरुसंग स्वास्थ्य सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

0
179

दार्चुला,पुष २५ गते ।
दार्चुलामा क्रियासिल पत्रकार तथा स्वास्थ्य संचारकर्मीहरुसंग स्वास्थ्य सम्बन्धि अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ । सोमबार स्वास्थ्य कार्यालय दार्चुलाले गत आर्थिक वर्ष ,तथा चालु आर्थिक वर्षमा गरेका काम कर्तव्यहरु लगायतका बारेमा जानकारी गराउने उद्देश्यले संचारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा स्वास्थ्य कार्यालय दार्चुलाले खोप कार्यक्रम अनुसार स्थानीय तहको वर्गीकरण,सुरक्षित मातृत्व कार्यक्रम, कोभिड १९ विरूद्ध खोपको कभरेज, नवजातशिशु तथा बालरोगको एकिकृत ब्यवस्थापन कार्यक्रम, कुपोषण जेड–स्कोर अभियान, पोषण कार्यक्रम लगायतका बारेमा स्वास्थ्य कार्यालय दार्चुलाका बरिष्ठ जनस्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी गराउनु भएको थियो । कार्यक्रममा शैल्यशिखर नगरपालिकामा सबै भन्दा बढि महिलाहरुले घरमै बच्चा जन्माउने गरेको तथ्याङ सार्वजनिक गरिएको छ । स्वास्थ्य कार्यालय दार्चुलाको आयोजनामा खलंगास्थित सुर्य प्रकाश होटलमा भएको क्रियासिल पत्रकार तथा स्वास्थ्यसंचारर्कीहरुसंग स्वास्थ्य सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय दार्चुलाका बरिष्ठ जनस्वास्थ्य अधिकृत जयराज भट्टले शैल्यशिखर नगरपालिकामा अझै पनि सबै भन्दा बढि महिलाहरुले घरमै बच्चा जन्माउने गरेको बताएका छन । उहाँका अनुसार यस नगरपालिकामा मात्रै ६७ जना महिलाहरुले घरमै बच्चा जम्माएको पाइएको बताएका छन । जिल्लाभरी झण्डै डेढ सय गर्भवती महिलाले घरमै बच्चा जन्माउने गरेको समेत स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङले देखाएको छ । वडाटोल नजिकैका स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी सेवा संचालनमा रहेको भएता पनि १ सय ४६ जना गर्भवती महिलाले घरमै बच्चा जन्माएको स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याकंले देखाएको छ । नेपाल सरकारले आमा र नवजात शिशुको स्वास्थ्यमा असर पर्न नदिन स्वास्थ्य संस्थामा पुुगेर सुत्केरी भए प्रोत्साहन भत्ताको व्यवस्थापन गरेको भएता पनि अझै पनि गाँउघरका महिलाहरु प्रसुती सेवा केन्द्रमा नपुगी घरमै बच्चा जन्माउने गरेकोे तथ्याकंले देखाएको छ । गत आर्थिक वर्ष २०७८÷७९ मा जिल्लाको व्यासँ गाउँपालिकामा ६ जना घरमै प्रसुती भएको जनाएको छ । त्यस्तै दुहुँ गाउँपालिकामा १ जना महाकाली नगरपालिकामा ७ जना नौगाड गाउँपालिकामा २० जना महिलाले घरमै प्रसुती भएको स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याकं छ । यस्तै अपि हिमाल गाउँपालिकामा १ जना मार्मा गाउँपालिकामा ४ जना मालिकार्जुन गाउँपालिकामा १३ जना लेकम गाउँपालिकामा २७ गरी जिल्लाभरी १ सय ४६ जना गर्भवती महिलाले घरमै बच्चा जन्माएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । स्वास्थ्य कार्यालय दार्चुलाका बरिष्ठ जनस्वास्थ्थ्य अधिकृत जयराज भट्टको अध्यक्षतामा संचालन गरिएको अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय प्रमुख अतिथि रहेका थिए । अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष लक्ष्मणसिंह धामी लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।