पत्रकारहरुलाई ल्यापटप खरिदमा पत्रकार महासंघ दार्चुलाको आर्थिक सहयोग

866

दार्चुला, असोज ८ गते ।
दार्चुलामा क्रियाशिल पत्रकारहरुलाई ल्यापटप खरिदमा पत्रकार महासंघ दार्चुला शाखाले आर्थिक सहयोग गरेको छ । जिल्लामा क्रियाशिल १६ जना पत्रकारहरुलाई ल्यापटप खरिदमा १५ हजार आर्थिक सहयोग गरिएको पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकर सिह धामीले जानकारी दिनुभयो । कोरोना कहरका बेला पत्रकारले घरबाटै समेत समाचार लेखेर जनतालाई सत्य तथ्य सुचना दिने कार्यमा पत्रकारको महत्वपुर्ण भुमिका हुनेभएकाले ल्यापटप खरिद गर्न इच्छुक पत्रकारहरुलाई आर्थिक सहयोग गरिएको पत्रकार महासंघ दार्चुलाका सचिव कृष्ण सिह धामीले जानकारी दिनुभयो । ल्यापटप खरिदमा १६ जना पत्रकारलाई १५ हजारका दरले पत्रकार महासंघ दार्चुलाले सहयोग गरेको र बाकि रकम पत्रकार आफैले खर्च गरेको उहाँको भनाई छ । खरिद गरिएका ल्यापटहरु बुधबार वितरण गरिएको थियो ।
कोरोना संक्रमण फैलिरहेका बेला समेत पत्रकारलाई समाचार लेखनमा उत्साह जगाउन पत्रकार महासंघ दार्चुलाले विभिन्न कार्यहरु गर्दै आइरहेको छ । यस अघि पनि दार्चुलामा क्रियाशिल पत्रकारलाई पत्रकार महासंघ दार्चुलाले लकडाउनले प्रभाव पारेका बेला १५ सय रुपैयाँ सहयोग गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !