पत्रकारहरुलाई कानुन सम्बन्धी तालिम ।

2945

दार्चुला जिल्लामा क्रियाशील पत्रकारहरुलाई पहिलो पटक कानुन सम्बन्धी तालिम सञ्चालन गरिएको छ । नेपाल पत्रकार महासंघको आयोजना तथा सरकारी वकिलको कार्यालय दार्चुलाको सहकार्यमा भाद्र १ गतेदेखि लागु हुने संहिता सहितको ऐन कानुन सम्बन्धी तालिम सञ्चालन गरिएको हो ।
पत्रकारहरुलाई भाद्र १ गतेदेखि लागु हुने नयाँ कानुनका बारेमा जानकारी गराउने उद्देश्यले २ दिने तालिम सञ्चालन गरिएको हो ।
जिल्लामा क्रियाशील विभिन्न सञ्चार माध्यमहरुमा पत्रकारहरुलाई जिल्ला न्यायाधिवक्ता निरन्जन स्थापितले भदौ १ गतेबाट लागू हुने मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ का विशेषताका वारेमा जानकारी गराएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !