नौगाड गाउँपालिकामा स्वैच्छिक राहत संकलन गरिदै

857

लक्ष्मण सिह धामी, दार्चुला ।
नौगाड गाउँपालिकाको वडानम्बर ३ मा स्वैच्छिक राहत संकलन भइरहेको छ । दैनिक ज्यालादारीमा काम गर्ने असंगठित मजुदुर गरिब,असाह्य तथा विपन्न परिवारलाई खाद्यन्न संकट हुन नदिन नौगाड गाउँपालिका वडानम्बर ३ ले स्वैच्छिक राहत संकलन गर्ने कार्य सुरु गरेको छ ।
वडानम्बर ३ का वडाअध्यक्ष बहादुरसिह बोहराको संयोजकत्वमा गठन भएको राहत संकलन,वितरण तथा व्यवस्थापन समितिको अगुवाईमा राहत संकलन भइरहेको वडा कार्यालयले जनाएको छ ।
स्वैच्छिक रुपमा संकलन हुने राहत विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण देश बन्दाबन्दी भएकोले त्यसको प्रत्यक्ष असरमा परेका मजुदुर, असाह्य,गरिब तथा विपन्न परिवारलाई वितरण गरिने वडाअध्यक्ष बहादुरसिह बोहराले जानकारी दिनुभयो ।
राहत संकलन,वितरण तथा व्यववस्थापन समितिले वडानम्बर ३ मा स्थायी ठेगाना भएका कर्मचारी,जनप्रतिनिधि , व्याापारी तथा समुदायका नागरिकहरुबाट स्वइच्छाले दिने राहत मात्र संकलन गर्ने वडाअध्यक्ष बोहराले बताउनुभयो । स्वैच्छिक रुपमा संकलन भएको राहत नेपाल सरकार ,प्रदेश सरकार र स्थानित सरकारले जारी गरेको कार्यविधि बमोजिम एकद्धार प्रणालीबाट वितरण गरिने उहाँले बताउनु भयो । पहिलो दिन हिजो ७ क्विन्टल ९० किलोग्राम चामल,१ सय गोटा साबुन,१० किलोग्राम नुन र ३२ हजार ८ सय रुपैया नगद संकलन भएको स्थानिय पत्रकार सन्तोषसिह ठगुन्नाले बताएका छन् । वडाअध्यक्ष बहादुरसिह ठगुन्नाले लकडाउनका कारण विदेशमा अलपत्र परेका आफ्नो नागरिकलाई सुरक्षित बस्न अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !