नौगाडमा विद्यालय भवन निर्माणका लागि पौने २ करोड

2647

दार्चुला, पुष २५ गते ।
नौगाड गाउँपालिकाले शैक्षिक संस्थाहरु समेत भूकम्प प्रतिरोधी बनाउने योजना लिएको छ । गाउँपालिकाले गाउँपालिका अन्तरगतका डेढ दर्जन विद्यालय भवनहरु भूकम्प प्रतिरोधात्मक तरिकाले निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले बताउनुभयो ।
चालु आर्थिक वर्षमा नौगाड गाउँपालिका अन्तरगत रहेका विभिन्न सामुदायिक विदालय भवनहरु समेत भूकम्प प्रतिरोधी बनाउन पौने दुई करोड बजेट विनियोजन गरिएको छ । गाउँपालिका अन्तरगतका विभिन्न विद्यालयहरु गरी १६ विद्यालयको भवन प्रतिरोधी बनाउन १ करोड ८० लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष धामीले बताउनु भयो । चालु आर्थिक वर्षमा गाउँपालिकाले भूकम्प प्रतिरोधी बनाउन गणेश विनायक मावि सिप्टीका ४६ लाख, पानीधारा आधारभूत विद्यालय दल्लेखमा २५ लाख, मालिकार्जुन आधारभूत विद्यालय रैचुमा २१ लाख र आधारभूत विद्यालय जाताराका लागि २० लाख बजेट विनयोजन गरिएको छ ।
गणेश आधारभुत विद्यालय डाडा जामिरमा १२ लाख, आधारभुत विद्यालय सल्लेधारमा१२ लाख ५० हजार, भैरवराज आभारभुत विद्यालयमा १४ लाख ५० हजार, आधारभुत विद्यालय साङपाङमा १५ लाख, भुमिराज आधारभुत विद्यालयमा खालीडाडामा १४ लाख बजेट विनयोजन गरिएको छ ।
आधारभुत विद्यालय दल्लेख पानीधाराको भवन निर्माणका लागि २५ लाख, आधारभुत विद्यालय डाडामा १४ लाख ५० हजार, ताराकोट आधारभुत विद्यालय जामिर १२ लाख बजेट विनियोजन गरी भुकम्प प्रतिरोधी भवन निर्माण गर्न लागिएको हो । यस्तै प्रावि कसाडमा गत आर्थिक वर्षको ६ लाख र चालु आर्थिक वर्षमा ३ लाख रुपैँया गरि जम्मा ९ लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष धामीले बताउनुभयो ।
आधारभुत विद्यालय चोट्केमा गत आर्थिक वर्षमा १५ लाख, आधारभुत विद्यालय लेकमा १४ लाख, आधारभुत विद्यालय होपरीमा १४ लाख ५० हजार बजेट विनयोजन गरिउको छ । यस्तै आधारभुत विद्यालय खारमा एक कोठे भवनका लागि ६ बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष धामीले बताएका छन् । विभिन्न विद्यालयहरुको भवन भूकम्प प्रतिरोधात्मक बनाउन बजेट विनियोजन गाउँपालिकाले गरेको छ भने दुई ओट विद्यालयको भवन निर्माणका लागि प्रदेश सरकारले समेत सहयोग गरेको छ । प्रदेश सरकारले मावि सुन्डमुन्ड र प्रावि होपरीगाडको भवन निर्माणका लागि बजेट छुट्याएको अध्यक्ष धामीले बताएका छन् ।
यसरी नौगाड गाउँपालिकाका सबै वडा कार्यालयहरु भूकम्प प्रतिरोधात्मक रुपमा निर्माण गरि विद्यालय तथा बाँकी निर्माण गरिने घरहरु समेत भूकम्प प्रतिरोधी बनाइने योजना रहेको अध्यक्ष धामीको भनाई छ । यही वर्षको वर्षात् बेला बाढी पहिरोले ठुलो वितण्डा मच्चाएको नौगाड गाउँपालिकामा पछिल्लो समय भूकम्प प्रतिरोधी भवन निर्माणमा जोड दिइएको छ । यसले गर्दा भुकम्पीय जोखिम न्युनीकरण हुने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !