नौगाडमा एक जना मृत फेला

0
801

दार्चुला, माघ २४ गते ।
दार्चुलाको नौगाड गाउँपालिकामा एक जना पुरुष मृत फेला परेका छन् । नौगाड गाउँपालिका वडा नम्बर ६ धुलिगाडाका अन्दाजी बर्ष ५५ का कृष्ण सिह धामी कपडे भिरमा सडकबाट २० मिटर तल खसेको अवस्थामा मृत फेला परेको जिल्ला

प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी पुस्कर ऐरीले जानकारी दिनुभयो ।

धुलिगाडा–गोकुलेश्वर सडक बाटतल खसेको अवस्थामा फेला परेकाले भिरबाट खसेको हुनसक्ने अनुमान गरिएको उहाँले बताउनुभयो । घटनास्थलमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक खगेन्द्र साउँद र प्रहरी चौकी होपरीगाडबाट प्रहरी टोली अनुसन्धानका लागि पुगेको सूचना अधिकारी ऐरीले जानकारी दिनुभयो । शबको पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पताल लगिएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।