नौगाडमा एक जना महिला मृत फेला

690
सांकेतिक तस्बीर

दार्चुला, असार १८ गते ।
दार्चुलाको नौगाड गाउँपालिकामा एक जना महिला मृत फेला परेकी छिन् ।

नौगाड गाउँपालिका वडा नं ६ घर भएकी पार्वती धामी वडा नं २ को गोधानी खोलाको भिरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं प्रहरी प्रवक्ता नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो । असार १६ गते साझँ वेपत्ता भएकी धामी शुक्रबार साढे ९ बजे गोधानी खोलाको भिरमा मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक चन्दले बताउनुभयो । मृतक धामी नौगाड ६ का सुरेन्द्र धामीकी श्रीमती हुन् । खोलाको भिरमा शब फेला परेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय गोकुलेश्व बाट प्रहरी निरीक्षक अरुण बमंको टोली घटनास्थल पुगेको थियो । घटना स्थलको मुचुल्का बनाई शब पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !