नैनिसैनी विमान स्थलको रनवेबाट जहाज चिप्लीयो, उडान सेवा रद्द

0
1486

दार्चुला, चैत्र ०९ गते ।
हिंडन बाट पीथौरागढको नैनिसैनी विमानस्थलमा आएको एक यात्रुबाहुक विमान रनवेमा अवतरण हुने वित्तिकै असन्तुलीत भइ चिप्लीको छ । जहाज रवने बाट चिप्लीएर मैदानको हिलोमा पुगेको थियो । उक्त घटना पछि हाल नैनिसैनी विमान स्थलबाट हुने उडाका सेवा बन्द गरिएको नैनिसैनी विमान स्थलका सुरक्षा अधिकारी तुषार सैनिले बताए । विमान स्थलको प्राविधीक गडबढिका कारण उक्त घटना भएको पीथौरागढका डिएम विजय कुमार जोगदण्डेले पुष्टी गरेका छन् ।
शुक्रबार अपराहन्न ३ बजे तिर हेरिटेज एविएसन विमान ९ यात्री बोकेर नैनिसैनी विमानस्थल पुगेको थियो । अवतरण हुने बेला रनवे बाट चिप्लीएर डगमगाउदै रनवे बाहिर हिलोमा रोकीएकाले पर्खालमा ठोकीन बाट जोगीएको भारतीय पत्रिका हिन्दुस्ता दैनिकले समाचार लेखेको छ ।
विमान हिलोमा नै फसेकाले ठुलो दुर्घटना हुन बाट जोगीएको पत्रिकाले जनाएको छ । विमान स्थलका कर्मचारीहरुले यात्रुहरुलाई सकुशल विमान बाट ओरालेका थिए ।
शुक्रबार यस्तो घटना भएपछि शनिवार पीथौरागढ–देहरादुन–हिंडन सेवा बन्द गरिएको थियो । शनिबार दिनभरी विमान सेना बन्द भएपछि यात्रुहरु भने आक्रोसित बनेका छन् । घटना हुनुभन्दा पहिले नैनिसैनी विमान स्थलबाट देहरादुन र हिंडनका लागी हेरीटेज एविएशनको विमान दिनमा ४ चोटी उडान भर्ने गरेको गरेको थियो जसमा ५५ भन्दा बढि यात्रीहरु दैनिक आवात जावत गर्ने गरेका थिए ।