नेविसं स्थापना दिवसको अवसरमा प्रहरीलाई स्वास्थ्य सामग्री र विरामीलाई फलफुल वितरण

0
822

दार्चुला, वैशाख ६ गते ।
नेपाली काङग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले ५२ औ स्थापना दिवस मनाएको छ ।

स्थापना दिवसको अवसरमा नेविसं दार्चुलाले जिल्ला प्रहरी कार्यालय दार्चुलालाई कोरोनाबाट सुरच्छीत रहन स्वास्थ्य सामग्री उपहार दिएको नेविसं दार्चुलाका प्रबत्ता दिपक खातीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय दार्चुलालाई २ सय थान K95 मास्क तथा एक ग्यालेन सेनिटाईजर वितरण गरिएको उहाँले जानकारी दिनुभयो । “कोरोना महामारीका समयमा अग्रभागमा खटिने सुरक्षाकर्मीहरु नै सुरच्छीत भएनन् भने हामी सुरच्छीत रहन सक्दैनौ, जनताको रक्षाका लागि खटिने सुरक्षाकर्मीहरुलाई सानै भएपनि स्थापना दिवसको अवसरमा उपहार दिएका हौ” प्रबत्ता खातीले भन्नुभयो । त्यसैगरि स्थापना दिवसको अवसरमा दार्चुलाको दोस्रो ठुलो बजार गोकुलेश्वरमा रहेको गोकुलेश्वर अस्पतालमा विरामीहरुलाई फलफुल वितरण गरिएको नेविसं जिल्ला कार्य समिति दार्चुलाका सदस्य कृष्ण सिह रावलले जानकारी दिनुभयो । ७० जना विरामीहरुलाई फलफुल वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।