नेविसंघको पत्रकार सम्मेलन

0
2302

दार्चुला, पुष २१ गते ।
नेपाल विद्यार्थी संघ दार्चुलाको नवनिर्वाचित कार्य समितिले आफ्ना भावि कार्ययोजना सार्वजनिक गरेको छ । विपी स्मृति प्रष्ठिानको भवनमा शुक्रवार आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत नेवि संघले आफ्नो योजना सार्वजनिक गरेको हो ।
नेवि संघ दार्चुलाले जिल्लाभरीका प्रतेक विद्यालयमा छ, छ महिनाको अवधिमा बिभिन्न रचनात्मक कार्यक्रमहरुको आयोजना गर्ने, प्रतेक वर्ष सदस्यता बितरण गर्ने, जिल्लाका ९ ओटै स्थानीय तहमा दुई, दुई महिनाको अवधिमा प्रशिक्षण कार्यक्रमहरुको आयोजना गर्ने, शिक्षाको गुणस्तर र मापदण्ड अनुसार विद्यार्थी शुल्क निर्धारण गराउँन पहल गर्ने अध्यक्ष रमेशराज भट्टले जानकारी दिएका छन् ।
सामुदायिक र निजी विद्यालयहरुमा हुने विभेद अन्त्य गर्न पहल गर्ने, सामाजिक बिकृति अन्त्य गर्न समाजिक कार्यक्रममा समेत विद्यार्थी परिचालन गर्ने लगायत आफूहरुको उद्देश्य रहेको अध्यक्ष भट्टले बताउँनुभयो ।
नेवि संघका जिल्ला सचिव हरी जोशीले सार्वजनिक यातायातमा भइरहेका बिकृतिहरु अन्त्य गर्दै विद्यार्थीहरुलाई परिचय पत्रको आधारमा तोकिएको भाडा दरमा ४५ प्रतिषत छुटको व्यवस्था गर्ने प्रतिबद्धता जनाउँनु भयो । एक महिनाभित्र यातायात व्यावसायि, प्रहरी प्रशासनसँग छलफल गरेर निश्चित भाडादर कायम गर्दै विद्यार्थीलाई छुटको सुबिधा कायम गराउँने बताउँनुभयो ।
नेवि संघका नवनिर्बाचित पदाधीकारीहरुले अरु विद्यार्थी संगठनहरुसंग मिलेर विद्यार्थीको हक हित र सामाजिक बिकृति अन्त्य गर्न भुमिका खेल्ने बताएका छन् । नेपाली काग्रेस दार्चुलाका सभापति ललित सिह बोहराको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा काग्रेस नेताहरु हरक सिह बिष्ट, बिक्रमसिह धामी, मदन गिरी, गणेश राज भट्ट लगायत नेता कार्यकर्ता लगायतको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा शुभकामना तथा बधाइ ज्ञापन गर्दै नेता कार्यकर्ताहरुले शिक्षा क्षेत्रको बेथितिहरु अन्त्य गर्न सुझाब दिएका छन् ।