नेपाल-भारत संयुक्त सैन्य अभ्यास सम्पन्न

0
761

दार्चुला, असोज १७ गते ।
भारतको पिथौरागढमा नेपाल–भारत संयुक्त सैनिक अभ्यास सम्पन्न भएको छ ।

१५ औ सुर्यकिरण’ नाम दिएको उक्त संयुक्त अभ्यासमा आतंकबाद विरोधी अभियान र विपद् ब्यवस्थापन अभियान सम्बन्धी दुबै देशका सेनाले अनुभव आदान प्रदान गरेका छन्। नेपाली सेनाका महासेनानीको नेतृत्वमा तीन सय जना र चार सय जना भारतीय सेनाको टोलीको सहभागिता रहेको थियो । संयुक्त सैनिक अभ्यास असोज ४ देखि १६ गतेसम्म भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । संयुक्त बटालीयन स्तरको अभ्यासले दुई देशहरु विच रक्षा सहयोग र सैन्य सहयोग बढाउने उद्देश्यले संयुक्त सैनिक अभ्यास गरेको भारतको पिथौरागढ प्रशासनले जनाएको छ । १४ दिन सम्म संचालन भएको संयुक्त सैन्य अभ्यासमा दुबै देशका सैन्य अधिकारीहरुको सहभागिता रहेको थियो । संयुक्त सैनिक अभ्यासले दुई देशबीचको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन तथा सकल दर्जामा आधारभूत सैनिक सीपको विकास एवम् आपसी समझदारी बढाउन योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको छ