नेपाल–भारत पुल खोल्दा भिडभाडमा लागु औषध ल्याइरहेका एक युवा नियन्त्रणमा

0
1111
सांकेतिक फोटो

दार्चुला, साउन १९ गते ।

दार्चुला सदरमुकाम खलंगा स्थित नेपाल–भारत जोड्ने पुल खोलिदा भिडभाडमा लागु औषध नेपाल भित्र्याइरहेका एक युवालाई सुरक्षाकर्मीको टोलीले नियन्त्रणमा लिएको छ ।
भारतको धार्चुलामा कोरोना संक्रमण बृद्धि भइरहेको अवस्थामा भारतमा मृत्यु भएका एक जना नेपालीको दाहसंस्कारमा आफन्तहरुलाई जाने ब्यवस्थापनका लागि पुल खोलिएको थियो । सिमित ब्यक्तिहरुका लागि खोलीएको पुलमा अनियन्त्रीत रुपमा आवत जावत भएपछि भिडभाडमा लागु औषधको तस्करी गरिरहेका एक जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाल तर्फ तस्करी गरिरहेको ४० ट्याबलेट स्पास र ५ सिसि कोरेक्स बरामद गरि मान्छेलाई नियन्त्रणमा लिएको स्रोतले जनाएको छ ।
नियन्त्रणमा लिएका ब्यक्तिको सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।