नेपाल–भारत जोड्ने पुल खोलेर स्वतन्त्रता दिवसको शुभकामना दिइयो, प्रशासन जानकार छैन

0
1817
भारतीय एसएसबीका इन्सपेक्टर कश्मीर सिहँलाई खलंगा स्थित पुलमा खादा ओढाउदै सशस्त्र प्रहरी एसपी नरेन्द्र बमं ।

दार्चुला, साउन ३१ गते । दार्चुला सदरमुकाम खलंगा स्थित नेपाल भारत जोड्ने झोलुङ्गे पुल खोलीएको छ । भारतको ७४ औ स्वतन्त्रता दिवसको अवसरमा नेपाल–भारत जोड्ने पुल खोलेर सशस्त्र प्रहरीले एसएसबीलाई शुभकामना प्रदान गरेको छ ।
नेपालको तर्फबाट सशस्त्र प्रहरी बल ४४ नम्बर गण दार्चुलाका गणपति एसपी नरेन्द्र बमं र छाङरुको स्थापना हुन गइरहेको गुल्मका लागी गुल्मपति भएर दार्चुला आउनुभएका डिएसपी धिरेन्द्र शाहले भारतीय एसएसबीका इन्सपेक्टर कश्मीर सिहँलाई खादा ओढाएर स्वतन्त्रता दिवसको शुभकामना दिएका छन् ।
भारतीय सुरक्षाकर्मीहरुको आग्रहमा पुल खोलेर स्वतन्त्रता दिवसको शुभकामना ब्यक्त गरिएको सशस्त्र प्रहरी डिएसपी धिरेन्द्र शाहले बताउनुभयो ।
‘पारिबाट आग्रह भएकाले विच पुल सम्म गएर शुभकामना प्रदान गर्र्यौ’ डिएसपी शाहले भन्नुभयो । उहाँका अनुसार पुलमा कसैको पनि आवत जावत भएको छैन । भारतीय स्रोतका अनुसार दुबै देशका सुरक्षा अधिकारीहरु विच केहि समय छलफल गरिएको थियो ।

प्रशासन बेखबर

अन्र्तराष्ट्रिय पुल खोलीएको विषयमा जिल्ला प्रशासन कार्यालय दार्चुला भने बेखबर रहेको छ । पुल खोलीएको विषयमा आफुलाई जानकारी नभएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सूचना अधिकारी एबं साहयक प्रमुख जिल्ला अधिकारी टेक सिह कुवरले जानकारी दिनुभयो ।
गत सोमबारको नेपाल सरकारको मन्त्री परिषदको बैठकले नेपाल–भारत सिमा नाका पुर्ण रुपमा बन्द गरेको छ भने १० वटा नाकाहरु मात्रै भारतबाट आउनेहरुका लागि खोल्ने निर्णय गरेको छ । सुदुरपश्चिम प्रदेशको गौरीफन्टा र बनबासा नाका मात्रै खोल्ने मन्त्री परिषदले निर्णय गरेको थियो ।

नेपालीको भारतमा मृत्यु हुदाँ पुल खुलेको थिएन्

शुक्रबार दार्चुलाको महाकाली नगरपालिका २ का जगतसिह बडालको भारतमा मृत्यु हुदाँ पनि पुल नखोलीदा भारतमै सतगत गरिएको थियो ।
२०५५ सालमा नेपाल प्रहरी सेवाबाट निवृत्त बडाल लामो समयदेखि दमको बिरामी रहेका थिए ।

‘हामीले लाश र किरियापुत्री मात्र ल्याउन पुल खोल्न आग्रह गरेका थियौं तर स्थानीय प्रशासनले अनुमति नदिदा उतै सतगत गर्नु पर्यो ।’ मृतकका भाई जमनसिह बडालले भने ।
सिमावर्ती क्षेत्र धारचुलाको छान्नामा परिवार सहित बस्दै आएका ६४ वर्षिय बडालको एक परिवार मात्रै सो क्षेत्रमा बस्ने गरेको र बन्दाबन्दीका कारण घर आउन नपाएको परिवार स्रोतले जानकारी दिएको छ ।
एक्लो परिवारमा तिन जनामा मात्रै उनका छोराहरु छन् । मृत्यु संस्कार गर्न समस्या पर्ने भएकाले बिहानै प्रमुख जिल्ला अधिकारीसमक्ष पुल खोल्न आग्रह गरेपनि पुल नखोलिदिएको जमनसिह बडाल बताउँछन् ।
बिगतमा मृतकका आफन्तहरुलाई ल्याउन लैजान पटक पटक पुल खोलेको स्थानीय प्रशासनले भारतमा एक परिवार मात्र रहेका आफ्ना आफन्तको लाश र किरियापुत्री ल्याउन पुल नखोलेको घटनाले आफूहरुलाई दुखी बनाएको बिक्रमसिह बडाल बडाल बताउँछन् । ‘प्रशासनले पनि मान्छे हेरेर पुल खोल्ने हो कि हामीलाई मान्छे नै नगनेको हो ? भन्न सकिएन ।’ उनी भन्छन् ।
पछिल्लो समय भारत र नेपालका खुल्ने नाका घटाएको कारण पुल खोल्न नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुँवर बताउँछन् । ‘बिगतमा पुल खोलिएको भएपनि पछिल्लो पटक सरकारले दश नाकाबाट मात्रै भारतबाट नेपाल भित्र्याउने निर्णय कडाईका साथ लागू गर्न निर्देशन गरेकाले पुल खोल्न सकिएको हैन । मृतकका परिवारले आफूहरुलाई अन्यायमा परेको भनेर बुझ्नु भएन ।’ सहायक प्रजिअ कुवँरले भने ।