नेपाल भारत जोड्ने खलंगा स्थित पुल खुल्ने

1185
नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलंगा स्थित पुल

कालापानी न्युज, दार्चुला ।

नेपाल भारत जोड्ने खलंगा स्थित झोलुङ्गे पुल बुधबार साझ खुल्ने भएको छ । साझ ५ बजे खुल्ने भनिएको भएपनि यो समाचार तयार पार्दा सम्म पुल खुल्न सकेको छैन । भारतको धार्चुलामा अड्कीएका नेपालीहरुलाई स्वदेश ल्याउन पुल खुल्न लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । धार्चुला बाट स्वदेश फर्किनेको संख्या भने यकिन भएको छैन । सरकारले भारतबाट भित्रीने नेपालीहरुका लागी दार्चुलाको खलंगा सहित २० नाका तोकेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !