“नेपाल बन्दलाई जनताको समर्थन”

0
2257

दार्चुला, फागुन ३० गते ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दार्चुला इन्चार्ज रमेश परियारले विहिवारको नेपाल बन्दलाई जनताले स्वस्फुर्त समर्थन गरेको बताएका छन् । विहिवारको बन्द पूर्ण रुपमा सफल भएको बताउदै उहाँले सरकारको विपक्षमा जनमत देखिएको दावी गरेका छन् ।
“सरकारले देश टुक्र्याउनेलाई सम्मान र विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्धको घोषणा गरेको विरोधमा जनताले साथ दिएका छन्” टेलिफोन सम्पर्कमा परियारले भन्नुभयो । पार्टी अभियानका क्रममा आफु जिल्लाबाहिर भएको जानकारी दिदै उहाँले जनताको पक्षमा आफ्नो पार्टी क्रियासिल रहेको दावी गर्नुभयो ।
“सरकारले प्रतिबन्ध लगाए पनि हामीलाई जनस्तरको समर्थन बढिरहेको छ, हामीले उठाउदै आएका मुद्दा र विषय ठिक भएको पुष्टि हुँदैछ” दार्चुला जिल्ला इन्चार्ज परियारले भन्नुभयो ।