नेपाल पत्रकार महासंघ दार्चुलाको पाँचौंं साधारण सभा सम्पन्न

0
257

दार्चुला,मंसिर २९ गते ।
नेपाल पत्रकार महासंघ दार्चुला शाखाको पाँचौ साधारण सभा विहिबार दार्चुला सदरमुकाम खलंगामा सम्पन्न भएको छ । साधारणमा सभाले स्वच्छ पत्रकारिता र श्रमजिवि पत्रकारकारहरुको पक्षमा काम गर्ने जनाएको छ । साधारण सभामा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष एवम सल्लाहकार शंकर सिह धामीले पत्रकारको सुरक्षा, रोजगार र जिवन निर्वाहका लागि महासंघले काम गरिरहेको बताए । उनले जनताको पक्षका कलम चलाउन पत्रकार निडर र निपष्क्ष भएर लाग्न समेत आग्रह गरेका छन । पाँचौ सधारण सभामा बोल्दै उनले राष्ट्र र राष्ट्रियताका पक्षमा नेपाली पत्रकारीता जगत सधै अग्रपंतीमा रहेर काम गरिरहेकाले यसलाई व्यवस्थित रुपमा अगाडी बढाउनु पर्ने समय आएको मन्तव्यका क्रममा राखेका छन । कार्यक्रममा नेपाल प्रेस युनियन केन्द्रीय उपाध्यक्ष प्रेम चुनराले पत्रकार महासंघ श्रमजिवि पत्रकारहरुको साझा संस्था भएकाले पत्रकारको मर्म र भावना संग महासंघ जोडिएको बताए । नेपाल पत्रकार महासंघ दार्चुला शाखाका अध्यक्ष लक्ष्मण सिह धामीको अध्यक्षतामा भएको साधारण सभामा नेपाल प्रेस युनियन केन्द्रीय उपाध्यक्ष प्रेम चुनरा प्रमुख अतिथि रहेका थिए । नेपाल पत्रकार महासंघ दार्चुला शाखाका सचिव सुन्दर सिह धामीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।