नेपाली भूमि कालापानीमा भारतीय एसएसबीका उच्च अधिकारी ( फोटो फिचर )

0
910

बिरा दत्त भट्ट, दार्चुला ।
कार्तिक ३ गते । नेपाली अतिक्रमित भूमि कालापानी क्षेत्रमा भारतीय एसएसबीका स्पेशल डायरेक्टर ज्योर्तीमय चक्रवर्तीले निरिक्षण भ्रमण गरेका छन् । नेपालले अतिक्रमित नेपाली भूमि कालापानी लिपुलेक र लिम्पीयाधुरा क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेयता भारतीय उच्च अधिकारीको यो पहिलो भ्रमण हो ।



सशस्त्र प्रहरीलाई कालापानी क्षेत्रमा गस्ती गर्दा अवरोध गर्दै आएको भारतीय एसएबीले आफ्ना प्रमुख कालापानी पुगेको अवसरमा भारतको नारा लगाएर कालापानी क्षेत्र गुञ्जयमान भएको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ । एसएसबीका प्रमुख चक्रवर्तीले सीमा क्षेत्रका सबै एसएसबी युनिटहरुको निरिक्षण अनुगमन गरेका छन् ।निरिक्षण भ्रमण पश्चात डीजी चक्रवर्ती आइतबार धार्चुला फर्किएका छन् ।

नेपाली भूमि कालापानीमा भारतीय एसएसबीहरुले भारतको जय उद्धघोष गरिरहदा नेपाली सुरक्षाकर्मीहरुले भने कालापानीको माटो समेत टेक्न पाएका छैनन् ।