नेपाली बालिकामाथि पिथौरागढमा बलात्कार गर्नेलाई भारतको अदालतद्धारा फासिको सजाय

0
1107

दार्चुला, असोज ९ गते ।
भारतको पिथौरागढ जिल्ला स्थित जाजरदेवलमा नेपाली बालिकामाथी बलात्कार गर्ने एक जनालाई भारतको अदालतले फासिको सजाय सुनाएको छ ।

चार बर्षिय सौतेली बहिनिलाई बलात्कार गरेको आरोपमा पिथौरागढ प्रहरीले नेपालको बझाङ घर भई हाल पिथौरागढको जाजरदेवल बस्दै आएका ३१ बर्षिय एक पुरुषलाई ३ अप्रिल २०२१ मा पक्राउ गरेको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ । गाउँमा बुवा, आमाको मृत्यु पछि सौतेली बहिनि दाई संग पिथौरागढमा बस्दै आएको बताइएको छ । पिथौरागढको जाजरदेवल थानाका एसआई मेघा शर्माले घटनाको जाँच गरि अदालतमा आरोप पत्र दर्ता गरेका थिए । प्रमाण र बयानका आधारमा आरोप पुष्टि भएकाले पिथौरागढ जिल्ला न्यायधीश डा. ज्ञानेन्द्र कुमार शर्माको एकल इजलासले शुक्रबार आरोपिलाई फाँसिको सजाय सुनाएको अमर उजालाले समाचारमा उल्लेख गरेको छ । भारतीय अपराध दण्ड संहिताको धारा ३७६ ए र वि अनुसार उक्त सजाय सुनाईको बताइएको छ ।