नेपाली आए, भारतीयले जान पाएन्न

0
1004

विरा दत्त भट्ट, दार्चुला ।
लकडाउन र सिमा नाका बन्दका कारण भारतमा अड्कीएका नेपालीहरु नेपाल आउन पाएपनि नेपालमा अड्कीएका भारतीय नागरिकहरुले भने भारत जान पाएन्न् । एक महिना देखी भारतको पिथौरागढ जिल्लाका विभिन्न राहत शिविरहरुमा रहेका नेपालीहरुका लागी बैतडीको झुलाघाट, दार्चुलाको दत्तु र खलंगामा रहेका नेपाल भारत जोड्ने पुलहरु खोलीएका छन् ।
नेपालीहरुले आउन पाएपनि नेपामा काम गरिरहेका र लकडाउनले नेपालमै अड्कीएका भारतीय नागरिकहरुलाई भने पुल खोलेपनि भारत सरकारले आफ्नो देश फिर्ता लगेको छैन ।
नेपाल भारत जोड्ने पुल खुलेपछि भारत जान पाइने आसले २९ जना भारतीयहरु खलंगा स्थित पुलघाटामा पुगेका थिए तर भारतीय अधिकारीहरुले भने उनिहरुलाई आफ्नो देशमा प्रबेश गर्न दिएन्न् । भारतको बालुवाकोटका शंकर दत्त भट्ट, धार्चुलाका लविन ह्याकी लगायतका पिथौरागढ जिल्लाका नागरिकहरु नेपालमै अड्कीएका छन् ।
आज नेपाल भारत जोड्ने पुल खुलेकाले आफ्नो देश जान पाइने आसमा थियौ तर हामीलाई भारत जान दिइएन ,नेपालमै अड्कीएकी राथी घर भएका मेनका देबीले भनिन् ।
विभिन्न कामको शिलशिलामा नेपाल पुगेका भारतीयहरु लकडाउनले नेपालमै अड्कीएका छन् । आफुहरु संग पैसा पनि नभएकाले भारत सरकारले तत्काल उद्धार गर्नुपर्ने उनिहरुको माग छ ।
नेपाल सरकार र भारत सरकार विच नेपाली नागरिकहरुलाई मात्रै नेपाल पठाउने सहमती भएकाले नेपालमा अड्कीएका भारतीय नागरिकहरुलाई नलगिएको एसडिएम अनिल कुमार शुल्लाले बताएकाछन् । नेपालमा रहेका भारतीयहरुको सूची सरकारलाई पठाइएको र अनुमती मिलेमा भारतीय नागरिकहरुलाई फिर्ता लगिने भारतीय पत्रिका हिन्दुस्ता दैनिकले समाचार लेखेको छ ।